आज राति ९ बजेपछी अर्को सुचना जारी नभए सम्मका लागि गौरादह बजार सिल

पढ्न समय: 1 मिनेट


२२ असार गौरीगञ्ज । झापाको गौरादह १ प्याट्रोल पम्प छेउका एक जना दिर्घ रोगि महिलाको काठमाण्डौमा उपचारको क्रममा कोरोना सँक्रमण पुष्टी भएपछी आज गौरादह मा सँक्रमितको घर रहेको क्षेत्रमा राति ९ बजेदेखि अर्को सुचना जारी नभएसम्म सिल गरिएको छ । गौरादह नगरपालिकाको आकस्मिक बैठकले सो निर्णय गरेको कुरा नगरप्रमुख रोहित साहले गौरीगञ्ज दर्पण डटकम लाइ बताएकाछन् ।

चैतु चोक देखि दक्षिण गुरास चौक,पश्चिममा गेउरिया,पूर्वमा डिठ्ठा चोक सम्मको क्षेत्र सिल गरिएको कुरा नगर प्रमुख साहले बताएका छन् ।
उपचारका क्रममा सँक्रमण पुष्टी भएका ब्यक्ती गौरादह बाटै काठमाण्डौ गएकोले उनि काठमाण्डौ जानु अगाडी उनको सम्पर्कमा आएका हरुको कन्ट्याक्ट ट्रेसिङ गर्न र सँपर्कमा आएकाहरुको स्वाब परीक्षण गर्न सो क्षेत्रमा बजार पसल बन्द राख्न र मानिसहरु घर भित्रै बस्न आह्वान गरिएको कुरा नगरप्रमुख साहले बताएका छन् ।

- Advertisement -
Ad image

करिब ५०-५५ जना सँपर्कमा आएकाहरुको पहिचान भइसकेको छ । भोलि उनिहरुको स्वभाव सँकलन गरिनेछ – उनले भने ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्