चैत ३१ झापा । रु ४० लाखको बजेटमा गौरीगञ्जमा निर्माण हुन लागेको वडा नँ ३ को कार्यालय भवन निर्माण को उपभोक्ता समिति अबैधानिक रहेको पाईएको छ । गौरीगञ्ज गाउँपालिका ले राजपत्रमा प्रकाशित गरेको “उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सँबन्धी कार्यविधि” बिपरित सो समिति बनाइएको पाईएको छ ।
गाउँपालिका ले २०७५ साल माघ २० गतेदेखि जारी गरेको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सँबन्धी कार्यविधि को परिच्छेद २ को दफा ४ (छ) मा “एक ब्यक्ती, एक भन्दा बढि उपभोक्ता समितिको सदस्य हुन पाउने छैन ” लेखिएको छ तर यस भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष सिताराम खड्का एक भन्दा बढि उपभोक्ता समिति मा पदाधिकारी रहेको पाईएको छ । उनि वडा नँ ३ ठेकिटोलमा निर्माण भइरहेको स्वास्थ्य चौकी जाने सडक निर्माण उपभोक्ता समिति को सचिव रहेको पाईएको छ ।
यो रिपोर्ट तयार पार्दासम्म यो सडक योजना फरफारक भइसकेको छैन । आफु सदस्य रहेको योजना फरफारक नभएसम्म अर्को उपभोक्ता समिति को सदस्य हुन नपाईने नियम छ । सो कार्यविधि को दफा ५ मा उपभोक्ता समिति का सदस्य को योग्यता को उपधारा (ङ) मा उपभोक्ता समिति को सदस्य हुन अन्य उपभोक्ता समिति को सदस्य नरहेकोले हुनुपर्ने व्यवस्था छ ।
चैत १९ गते गठन भएको वडा कार्यालय भवन निर्माण उपभोक्ता समिति र माघ १५ गते गठन भएको ठेकिटोल स्वास्थ्य चौकी जाने सडक निर्माण उपभोक्ता समिति गठन हुदा दुबै समिति वडाध्यक्ष मखना महतो को रोहबरमा गठन गरिएको पाईएको छ ।
यस बारे वडाध्यक्ष मखना महतो सँग प्रश्न राख्दा खड्काले ठेकिटोल स्वास्थ्य चौकी जाने सडक उपभोक्ता समिति बाट राजिनामा दिएको बताएका छन् तर सो समिति का अध्यक्ष होमनाथ दाहाल ले सचिव खड्काले आज चैत्र ३१ गतेको मिति सम्म खड्काको राजिनामा नआएको बताएका छन् । सो सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको भएपनि अहिले सम्म सँझौता नै नभएको बुझिएको छ । सो समिति बाट सचिव खड्काले राजिनामा दिएको पत्र र वडा सँग गरेको सँझौता को फायल हेर्न माग्दा वडा सचिव अजय साहले आलटाल गरेका छन् । सो योजनाको सँझौता फाइल वडा कार्यालय मा नरहेको र सो फाईल ठेकेदारले लगेको गैर जिम्मेवार जवाफ दिएका छन् । जबकि सार्वजनिक खरिद नियमावली अनुसार उपभोक्ता समिति ले सँझौता गरेको योजना ठेकेदार मार्फत गराउन नपाईने प्रबधान रहेको छ । ( कुराकानीका अडियो भिडियो हरु प्रमाणका रुपमा गौरीगञ्ज दर्पण सँग सुरक्षित छ)
सो कार्यविधिको दफा ४ को उपदफा च मा उपभोक्ता समिति गठन गर्दा समावेशी को सिद्धान्त अवलम्बन गर्नुपर्ने लेखिएको छ तर वडा कार्यालय भवन निर्माण उपभोक्ता समिति समावेसी रहेको देखिदैन । भवन निर्माण स्थल नजिकै आदिवासी राजवँशीहरुको ठुलो बस्ती छ तर यो समिति मा सो समुदाय बाट एक जना पनि प्रतिनिधि राखेको देखिदैन ।
वडा कार्यालय को समिति गठन माईन्युट नै शँकास्पद
वडा कार्यालय भवन निर्माण उपभोक्ता समिति नै सुनियोजित तरिकाले गठन गरिएको शँकास्पसद माईन्युट फेलापरेको छ । वडा कार्यालय मा रहेको उपभोक्ता समिति गठन को माईन्युट खातामा भवन निर्माण को समिति गठन का लागि भेला बस्नु अघि नै खड्कालाई अध्यक्ष बनाउने गरि समिति गठनको मिति खाली राखेर माईन्युट तयार पारिएको शँकास्पद अभिलेख भेटिएको छ । यद्यपि मिति खालि राखेर तयार पारिएको माईन्युट केरमेट पारिएको छ ।
वडा सचिव अजय शाहका अनुसार भेला बसेरै सो माईनमयुट लेखिएको तर लेख्ने क्रममा गलती भएपछी सो माईन्युट केरमेट पारिएको बताएका छन् । लेखनमा गलती भए खातामा सो केरमेट पारिएको माईन्युट लगत्तै अर्को पाना मा सो समिति गठनको माइन्युट तयार पारिएको हुनु पर्ने हो तर सो केरमेट पारिएको मिति बिनाको माईन्युट लगतै अर्को पानामा दन्तकाली मन्दिर को उपभोक्ता समिति गठन भएको माईन्युट छ र त्यस पछी मात्र सो वडा कार्यालय भवन को उपभोक्ता समिति गठन गरिएको माईन्युट लेखिएको छ । केरमेट पारिएको माईनमयुट भेला बसेरै लेखिएको भए मिति किन खाली राखियो ? प्रश्न गम्भिर छ ।
खड्का, यस अघि पनि एकैपटक दुइवटा उपभोक्ता समिति को पदाधिकारी
ऐन विपरित यसअघि पनि सिताराम खड्का एकै पटक एक भन्दा बढी उपभोक्ता समिति को अध्यक्ष बनाईएको पाईएको छ । गत बर्ष सञ्चालन भएको बगुवा बाईसीटोला बेलडाँगी सडक ग्राभेल उपभोक्ता समिति मा र बगुवा बाईसीटोला सडकको लेरा खोला पुल निर्माण समिति मा एकै पटक अध्यक्ष बनाइएको पाईएको छ । गत वर्ष सम्म १० लाख भन्दा माथि को योजना उपभोक्ता समिति मार्फत गराउन नपाईने प्रबधान हुदा हुदै पनि वडा कार्यालय ले नियम बिपरित गत बर्ष ४० लाख को बजेटमा निर्माण थालिएको बगुवा वाईसीटोला को लेरा पुल निर्माण को जिम्मा सिताराम खड्का सँयोजक रहेको उपभोक्ता समिति लाइ दिइएको थियो ।
सो पुल मा यस बर्ष समेत रु ५ लाख रुपैंया थप गरिएको छ भने सो समिति मा पुन: खड्कालाई नै अध्यक्ष बनाईएको छ । नियम बिपरित १० लाख भन्दा माथिको योजना उपभोक्ता समिति लाई दिन नहुने विचार राखेपछि तत्कालिन प्रसासकीय अधिकृत प्रविण दाहाललाई गौरीगञ्ज गाउँपालिका बाट सरुवा गराइएको थियो भने यस बारे गौरीगञ्ज दर्पण डटकम ले खोजि शुरु गरेपछी यस बर्ष असोज ९ गते बिशेष गाउँसभा बसेर रु ५० लाख सम्मको योजना उपभोक्ता समिति मार्फत सम्पन्न गराउन सकिने निर्णय गरिएको थियो ।
गौरीगञ्ज गाउँपालिका ले लाखौँ रकम खर्च गरेर तयार पारेको भिलेज प्रोफाइलले यस पालिकाका ६ वटै वडा मध्ये सबै भन्दा बढि जनसँख्या भएको वडा का रुपमा वडा नँ ३ लाई ईङ्गित गरेको छ । सो भिलेज प्रोफाईलमा उल्लेख भए अनुसार गौरीगञ्जका ६ वटै वडा मध्ये सबै भन्दा धेरै ७ हजार ६ सय ६४ जनसँख्या वडा नँ ३ मा रहेको देखिन्छ । तथ्याङ्क अनुसार सबैभन्दा धेरै जनसँख्या भएको वडामा उपभोक्ता समिति गठन गर्दा एउटै व्यक्तिलाई बारम्बार उपभोक्ता समिति को सदस्य बनाईनु शँकास्पद देखिएको छ ।
पछिल्लो समय जनप्रतिनिधि हरुले सुचना लुकाउने, सुचना टाँस गरेपनि बढि मानिसले नदेख्ने ठाउँमा टाँस्ने गरेको पाईएको छ । वडा नँ ३ कार्यालय को आफ्नै अफिसियल फेसबुक पेज छ । तर सो पेजमा सार्वजनिक महत्वका सुचना अपलोड नगरिएको बर्षौ भइसकेको छ । अहिले नेपाल सरकारले प्रत्येक सरकारी कार्यालय ले जनतासँग सँबाद गर्न, जनगुनासो हरु ग्रहण गर्न र आफ्ना सुचनाहरु सार्वजनिक गर्न फेसबुक पेज खोलि अनिवार्य सञ्चालन गर्नु पर्ने नियम बनाएको छ । सो का लागि नेपाल सरकारले सरकारी निकाय द्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि २०७५ जारि गर्दै प्रत्येक सरकारी कार्यालय हरुमा परिपत्र समेत गरिसकेको छ ।
पछिल्लो समय जनप्रतिनिधि हरुले सुचना लुकाउन गरेको र आफु मातहतका व्यक्ति वा कार्यकर्ता भेला पारेर उपभोक्ता समिति गठन गर्ने गरेको गुनासो स्थानिय हरुले गर्दै आएका छन । सार्बजनिक खरिद नियमावली अनुसार उपभोक्ता समिति ले सँझौला गरेको योजना उपभोक्ता समिति आफैंले सम्पन्न गर्नुपर्ने प्रावधान रहेपनि उपभोक्ता समिति हरुले आफुले सँझौता गरेको काम ठेकेदारलाई दिने र आफु बिचौलिया को रुपमा मात्र काम गर्ने गरेको पाईएको छ । कतिपय योजना हरुमा फरफारक गर्ने बेलामा योजनाको फाइल नै ठेकेदार ले बोकेर रकम निकाशा गर्न गाउँपालिका पुग्ने गरेको पाईएको छ ।