• माघ ५, २०७७
  • Madan Rajbanshi
  • 0

माघ ५ झापा । लागु औषध ओसारपसारमा झापामा कलिला बाल बालिकाहरु प्रयोग हुन थालेको पाइएको छ । लागुऔषध सहित इलाका प्रहरी कार्यालय काँकरभिट्टाले १५ वर्षीय बालकलाई पक्राउ गरेको छ । दमक–५ बस्ने रमेश राजवंशीलाई पक्राउ गरेको झापा प्रहरीले जनाएको छ ।
मेचीनगर–६ स्थित गैरीगाउँबाट चेकजाँचका क्रममा राजवंशीको साथबाट ९० सिसि लागुऔषध बरामत गरिएको झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।
राजबंशीलाई चेकजाँच गर्ने क्रममा निजले लगाएको ज्याकेटबाट लुपिजेसिक ३० सिसि, डाईजोपिन ३० सिसि र प्रोमोथाईजिन ३० सिसि गरि जम्मा ९० सिसि लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । राजवंशीलाई तत्कालै नियन्त्रणमा लिई इप्रका काँकडभिट्टामा राखिएको छ भने झापा जिल्ला अदालतबाट म्याद थप अनुमती लिई कानुनी प्रकृया अगाडि बढाईएको छ ।