रबिन्द्र बराल।
मोरङ रंगेली नगरपालिका ४ स्थित चोप्राह बोर्डर बाट अबैध रूपमा भन्सार छलि भारत बाट नेपाल भित्र्याउदै गरेको ७ बाेरा सुर्ति र माेटरसाईकल प्रहरीले बरामद गरेको छ । प्रहरीको गस्ती टाेलिले को २२ प ७५३० नम्बरको माेटरसाईकलमा लुकाई छुपि नेपाल ल्याउदै गरेको सुर्ति बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरी का अनुसार उक्त सुर्ती २ सय १०केजी रहेकाे र उक्त सुर्ती काे बजार मुल्य चाैरासी हजार बराबरको
रहेको र साे सामान बिराटनगर स्तिथ भन्सार कार्यलय मा बुझाईएकाे ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनमाेल खड्काले बताए ।