रबिन्द्र बराल । जेठ ६, मोरङ । रंगेली नगरपालिका ले नगर भित्रका सामुदायिक विद्यालयमा कार्यरत सबै बिषय का शिक्षक , शिक्षिका हरुको क्षमता विकास गर्ने का लागि तालिम सुरु गरेएको छ । नगरपालिकाले सबै शिक्षकहरुलाई पालैपालो गरेर १० दिन सम्म तालिम दिने व्यवस्था मिलाइएको छ । मानव अधिकार तथा वातावरण मञ्च (फरेन ) विराटनगरको प्राविधिक सहयोग तथा रँगेली नगरपालिकाको आयोजना मा तालिम सुचारु गरिएको हाे। रँगेली नगरअस्पताल काे सभाहल, रत्न माध्यमिक बिधालय र जन्ता क्याम्प काे भवनामा तालिमको सुरु गरिएको हाे । माध्यमिक तह,निम्नमाध्यमिक तह र प्राथमिक तहका गरि सबै शिक्षक हरु लाई तालिमको व्यवस्था गरिएको छ ।

नेपाल सरकारले स्थायी शिक्षक हरु लाई मात्र तालिमको व्यवस्था गर्दे आएको भएता पनि रंगेली नगरपालिकाले पनि अस्थायी शिक्षक हरू लाईपनि तालिम मा सहभागी गराएकाे हाे । गुणस्तरीय शिक्षा प्रत्येक बालबालिका को नैसर्गिक अधिकार भएका ले अझै बिधार्थि हरु लाए पठनपाठनमा सहयोग पुग्ने बिश्वास गर्दे नगर प्रमुख दिलिप बगडियाले तालिमबाट प्राप्त ज्ञान र सीप विद्यालयमा प्रयोग गर्न सबै शिक्षक हरुलाई आग्रह गरेका छन। नगरले सार्वजनिक विद्यालयहरूमा कार्यरत अस्थायी शिक्षकहरूले आफूलाई तालिममा राखेकोमा खुसी व्यक्त समेत गरेका छन् ।

कोशी प्रदेशमै पहिलो पटक रंगेली नगरपालिकाले सबै शिक्षक हरु लाई समेटेर क्षमता विकास तालिम आयोजना गरेको हाे । बिधालय व्यवस्थापन अभिवावक , र बिधालय मा अध्यन गर्ने बालबालिका हरु लाई समेत तालिम काे व्यवस्थापन गरिने मेयर दिलीप बगडिया ले बताए ।