कार्तिक १५, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । आचार्यले सोमबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन । उनि भदौ १० गते प्रदेश नं १ को मुख्य मन्त्री पदमा नियुक्त भएका थिए ।‌

उनले आजै प्रदेश प्रमुख सामु राजीनामा बुझाउने जानकारी पनि दिएका छन् । प्रदेशसभा गठन भएदेखी नै प्रदेशको मुख्यमन्त्री बन्ने प्रयासमा लागेका आचार्य भदौ १० मा सफल भएका थिए । पछिल्लो समयमा समाजवादीमा एमालेका १० सासद गएपछि उनी अल्पमतमा परेका थिए ।

प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले जनताको अपेक्षाका कारण आफुले बेलैमा सरकार छाड्न नसकेको दाबी गरे । विश्वासको मत नपाउने निश्चित हुँदा हुँदै जनताको अपेक्षा अनुसार सरकार चलाउने बाध्यता भएको उनको भनाइ थियो ।