असार २४, गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका मा निर्माणाधिन हुलाकी सडक ठाउँ ठाउँमा भास्सिन थालेको छ । केहिदिन अघि वडा नं ५ स्थित रामचन्द्रे पुल पुर्व सो कालोपत्रे सडक चिरा परेर भास्सिएको हो । सो सडकमा रामचन्द्रे पुल निर्माण कै क्रममा त्रुटि देखिदै आएको कुरा स्थानीय हरुले बताएका छन् ।
पुल बनाउने बेला मै पँखा गुणस्तर हिन बनाएको र तारजाली गरेर माटो भर्ने बेलामा कपडा राख्नुपर्ने मा कपडा नराखेको कुरा स्थानीय युवा अशोक ताजपुरिया ले बताए । सो विषयमा त्यतिबेला पुलका ओभरसियर सँग स्थानीय हरुको भनाभन समेत भएको तर जति बिरोध गरेपनि ठेकेदार ले आफुखुसी गुणस्तर हिन काम गरेको कुरा स्थानीय हरुले बताएका छन् । पछी हुलाकी सडक को ठेकेदार ले पनि सो स्थानमा लापरबाही गरेका कारण सडक भास्सिएको कुरा स्थानीय युवा अशोक ताजपुरिया ले बताए ।
यस अघि वडा नं १ मा बनियानी पुल पश्चिम हुलाकी राजमार्ग भासिएको थियो भने । वडा नं २ मा किस्नी खोला पुर्व पनी सो भरखरै बनेको कालोपत्रे सडकको किनार भास्सिएको छ । सो सडक हुलाकी सडक निर्देशनालय मार्फत ठेक्का लागि निर्माणाधीन रहेकोमा सम्पन्न भएको देखिएपनि हस्तान्तरण नभएको कुरा वडा नं ३ का वडाध्यक्ष श्रवण गिरी बताउछन् । बर्षाका कारण हुलाकी सडक को विभिन्न स्थानमा क्षति भएकोले केहि दिन अघि गौरीगञ्ज गाउँपालिका को कार्यपालिका बैठकले सो सडक मर्मत का लागि सँबन्धित कार्यालय मा पत्राचार गर्ने निर्णय गरेको थियो ।