बैशाख १९, गौरीगञ्ज । कोभिड १९ को दोश्रो लहरको सँक्रमण बढ्दै गएपछि झापाको गौरीगञ्ज गाउँपालिका मा बुधबार र शनिबार सम्पुर्ण बजार पसलहरुमा पुर्ण रुपमा बन्द गराउने निर्णय भएको छ । आइतबार गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ को अध्यक्षता मा बसेको सिसिएमसिको बैठक ले सो निर्णय गरेको हो । बैठकले बुधबार र शनिबार बाहेक हप्ताको पाँच दिन बिहान ६ बजेदेखि बिहान ११ बजेसम्म बजार पसल खोल्न दिने निर्णय गरेको छ । साग तरकारी को हकमा समेत बुधबार र शनिबार बाहेक हप्ताको पाँच दिन बिहान ६ देखि बिहान ११ बजेसम्म सामाजिक दुरी र सुरक्षाको मापदण्ड अपनाएर बिक्री वितरण गर्ने दिने निर्णय गरेको छ । औषधि पसल र स्वास्थ्य सेवा भने सातै दिन २४ सबै घन्टा खुला रहनेछ ।
बैठकले खजुरगाछी फतेपुर नाका बाहेक गाउँपालिका भित्र का सबै नाकाहरु बन्द गराउने निर्णय गरेको छ । फतेपुर नाका बाट गैर नेपाली को प्रवेशमा रोक लगाउने, नेपाली नागरिक लाई स्वास्थ्य कर्मी र सुरक्षाकर्मी हरुको समन्वयमा प्रवेश गर्न दिने, बिबाह कार्यक्रम का लागि सीमा पारीबाटआउने हरुको हकमा जिल्ला प्रशासन कार्यालय ले तोकेको सँख्यामा मात्र प्रबेश गर्न दिने तर त्यसरी प्रबेश गराइएका ब्यक्ति ले ७२ घण्टा भित्र को कोभिड १९ सँक्रमण मुक्त रहेको प्रमाण अनिबार्य पेश गर्नु पर्ने लगायतको निर्णय गरेको छ ।
बिवाह लगायतका कार्यक्रम गर्न जिल्ला प्रशासन कार्यालय झापाबाट अनिवार्य रुपमा पुर्व स्विकृती लिनु पर्ने समेत निर्णय गरेको छ ।