![](https://gauriganjdarpan.com/storage/2023/12/1701858962141_1701860769713-scaled.jpg)
मँसिर २० विराटनगर । विराटनगर ७ स्थित सातघुम्ती रोडमा रहेको एक कवाडी गोदाममा आज दिउँसो आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । शरिर जलेर घाईते भएका ३० बर्षिय दिपक मण्डलको न्युरो अस्पताल बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको र आगो नियन्त्रणको क्रममा पुरिएको अवस्थामा एक जनाको शव फेला परेको र सो शब नचिनिने अवस्थामा प्रहरीले जनाएको छ ।
![](https://gauriganjdarpan.com/storage/2023/10/1696493880769-726x1024.jpg)
आगलागीमा परेर घाइते भएका ४ जनाको न्युरो अस्पताल बिराटनगरमा उपचार भइरहेको छ । घाइतेमध्ये ५५ वर्षीया रिता सरदार र ६० वर्षीय सुशीला पासवानको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको ८० प्रतिशत शरीर जलेको को कुरा मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । पिंकी कामत र किसोर कामत समेत घाईते भई उपचार भईरहेको छ ।