१६ बैशाख, गौरीगञ्ज । नेपालको ५२ औ कोरोना सँक्रमित ब्यक्ती फेला परेको झापाको बाह्रदशी गाउँपालिकामा बिगत केहि दिन देखि बस्दै आएकी गौरीगञ्ज ३ कि एक २७ वर्षिय महिलालाई क्वारेन्टाइन पठाइएको छ । सोमबार गौरीगञ्ज फर्के सँगै गए राति उनलाइ गौरीगञ्ज ६ खजुरगाछी स्थित क्वारेन्टाइन मा पठाइएको कुरा स्वास्थ्य शाखा प्रमुख राम चन्द्र मिश्रले जानकारी दिएकाछन् । पछिल्लो समय कोरोनाको सँक्रमण देखिएको झापाको बाह्रदशी मा उनको माइत रहेको र उनि केहि अघि माइत गएर सोमबार फर्किएको बुझिएको छ ।