प्रदेश नँ १ का बन तथा भु सँरक्षण मन्त्रीको निधन

पढ्न समय: 1 मिनेट

कार्तिक २३, विराटनगर । मोरँग क्षेत्र नँ ३ (क) मा काँग्रेस का तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार शेखर चन्द्र थापाको निधन भएको छ । प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षण मन्त्री समेत रहेका उनी ५६ वर्षका थिए । केही दिनअघि डेंगीबाट सँक्रमित भएका मन्त्री तथा उम्मेदवार थापाको बुधबार बिहान निधन भएको हो । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बिहान साढे १० बजे निधन भएको अस्पतालका निर्देशक नारायण दाहालले जानकारी दिए ।

पथरी शनिश्चरे-८ स्थायी घर भएका थापा लामो समय यसअघि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिवको भूमिकामा थिए । उनका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।

Facebook Comments
यो समाचार सेयर गर्नुहोस्