मदन राजवँशी मनप्रीत।
कुनै सँस्था वा सरकारी कार्यालय मा नितिगत भ्रष्टाचार वा अनियमितता भएको समाचार सप्रमाण प्रकाशित भए त्यस बारे उजुरी परेपनि नपरे पनि तत्काल सम्बन्धित निकायले, फायल झिकाउने, छानबिन गर्ने वा स्पष्टीकरण सोध्ने अभ्यास नेपाल लगायत विश्वभरी छ । तर झापाको गौरीगञ्ज गाउँपालिका को हकमा वडा नँ ३ ले निर्माण गर्दै गरेको वडा कार्यालय भवन मा नितिगत भ्रष्टाचार भएको समाचार सप्रमाण सार्वजनिक भएपनि गाउँपालिका ले न त फायल झिकायो न त छान बिन गर्यो न त कसैलाई स्पष्टीकरण नै सोध्यो । बरु बैशाख ३ गते गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ ले वडाध्यक्ष को नितिगत भ्रष्टाचार लाई सँरक्षण गर्न आफै सो वडा कार्यालय भवनको शिलान्यास गर्न पुग्यो ।
नियम बिपरित निर्माण भइरहेको सो भवनको काम रोक्न वडाबासीको तर्फबाट उजुरी दर्ता गराए पछि मात्र बाध्यतामा आई उपाध्यक्ष दिपेन्द्र थापा ले रोक्का पत्र जारी गरे ।
यो घटना क्रम र गाउँपालिका को काम कारवाही ले नितिगत भ्रष्टाचार मा केवल वडा कार्यालय मात्र होइन पुरै गाउँपालिका सँयन्त्र नै सहभागि भएको पुष्टी गर्दछ । बैशाख ८ गते उपाध्यक्ष दिपेन्द्र थापा ले काम रोक्न रोक्का पत्र त जारी गर्यो तर छलफलको मिति नै तय गरेन । किनकि अबैधानिक घोषित भइ सकेको समिति लाई बैधानिकता दिन फायल मिलाउन र अन्य कुराको चाँजो गर्ने जनप्रतिनिधि हरुलाई पर्याप्त समय चाहिएको छ ।
उजुरी दर्ता गराउने ३९ जना लगायत वडा बासीको उद्देश्य सो भवन निर्माण को काम रोक्नु वाअबरोध गर्नु पक्कै थिएन । यहाँका आम वडाबासी फाष्ट ट्रयाक मा बिकास चाहन्छन् तर बिधि सँगत ढँगको बिकास चाहन्छन् । पछिल्लो समय जनप्रतिनिधि हरु जनताप्रति बफादार हुनुको साटो सुचना लुकाउने, गलत सुचनादिने आफ्नो प्यानलको मान्छे गुपचुपमा बोलाएर उपभोक्ता समिति गठन गर्ने र सो समिति लाई थपना जस्तो बनाएर समिति मा आफै लगानी गर्नेआफै ठेकेदार खोज्ने र फायल मिलाएर योजना फरफारक गर्ने प्रबृति मौलाउदै गएको छ । र यस्ता नितिगत भ्रष्टाचार मा वडा देखि केन्द्र सम्मको कनेक्सन हुने गरेको छ । ।पछिल्लो समय वडा नँ ३ को कार्यालय भवन निर्माण कार्य रोक्का गर्ने तर उजुरी कर्ताहरु सँग छलफलको लागि मिति तय नगर्नु ले भवन निर्माण कार्य नै अनिर्णयको बन्दि बन्न पुगेको छ । श्रोतका अनुसार सो भवन निर्माण समिति का अध्यक्ष लाई चोख्याउन सो भन्दा अघि ठेकिटोल स्वास्थ्य चौकी जाने सडक उपभोक्ता समिति को सचिव पदबाट पुरानो मिति राखेर राजिनामा पत्र तयार गरिरहेका छन् । तर ठेकिटोल स्वास्थ्य चौकी जाने सडक उपभोक्ता समिति का अध्यक्ष होमनाथ दाहाल ले चैत ३१ गते सम्म सचिव सिताराम खड्का ले समिति बाट राजिनामा नदिएको कुराको फोन रेकर्ड गौरीगञ्ज दर्पण डटकम सँग सुरक्षित छ । वडा नँ ३ को भवन निर्माण उपभोक्ता समितिका अन्य दुइ पदाधिकारी हरु पनि अन्य उपभोक्ता समिति मा रहेको सुचना समेत प्राप्त भएको छ । यसमा गौरीगञ्ज दर्पण डटकम को खोज जारी छ ।
आफैंले बनाएको नियम आफै उलँघन गर्ने र नियमावली देखाएर जनप्रतिनिधि हरुलाइ सचेत गराउदा सच्चिनुको साटो आफ्नो गलती ढाकछोप गराउने प्रबृतिले गौरीगञ्जको बिकास निर्माणमा बेथिति बढ्दै गएको छ ।