• निरज अग्रवाल

१८ बर्ष अघि देश मा गणतन्त्र ल्याउन हामी जस्ता लाखौ युबा टाउको मा कफन बाधेर आन्दोलन मा उत्रेका थियौ । १९ चैत्र २०६२ को पहिलो दिन तत्कालिन शाही सेना ले बन्दुक ताकेर हामी लाई गिरप्तार गरेको थियो । कयौ ले आफ्नो ज्यानको आहुती दिए । देशमा गणतन्त्र आयो पनि । आएको २ दशक हुन लागी सक्यो ।

राजतन्त्र फालेर गणतन्त्र आए पछी जन्मिएको बच्चा आज बालिग भएर देशको निर्बाचनमा मतदान गर्ने भइसक्यो तर देश ले के पायो ? प्रश्न जहाँ को त्यही छ । केहि नेता को वरिपरी सत्ताको खेल खेल्ने र जनता दर्शक भएर हेर्ने सिबाय केहि उप्लब्धी भएन । सँयोग बश दसै पछाडी बिराटनगर बाट भैरवाह सम्मको यात्रा गर्ने मौका मिल्यो । नेपालको मुख्य राजमार्गको दशा हेर्दा लाग्थ्यो मेरो देशमा सरकार नै छैन । मुख्य राजमार्ग हुँदै पुर्बदेखी पशिच्चम नेपालसम्म एक पटक सबै नेता लाई यात्रा गराउ अनि उहाहरुले जनताको पिडा अनुभब गर्नु हुन्थ्यो , तर हवाइ यात्रा गर्ने नेता ज्युहरु सडक यात्राको मर्म कसरी थाहा हुन्छ । आज दैनिक दसौ हजार युबा बिदेशिनु परेको छ । घरमा बुढा आमा र बुवालाई छाडेर जानु उनिहरुको रहर हैन बाध्यता हो । देशमा साना र मध्यम ब्यब्सायीको पिढा बहिरा नेता र सरकारले सुन्न सकेको छैन । एउटा सानो रोग लागेमा उपचारका लागी आफ्नो भए भरको सम्पती नै सक्नु पर्छ ।

जब यो सब भोग्नु पर्छ अनि सर्बसाधारणलाई लोकतन्त्र , गणतन्त्र , प्रजातन्त्र प्रती कुनै मोह या अप्नत्व रहदैन । अस्तु नै बिसर्जन भइ सकेको राजतन्त्र प्रती दिनादिन समर्थन किन बढदो छ ? यस्को जवाफ जन जन लाई थाहा छ नेताहरु देश परिवर्तन भन्दा सत्ता परिवर्तन गर्नमा ब्यस्त भए । आज एउटा ब्यक्तीको अभियानसँग सबै पार्टी डराउने भने पछी पार्टीहरुको जनतामा जग कती बलियो रहेछ देखियो । नाताबाद , कृपाबाद ,सत्ताबादको सट्टा जनबाद भएर देश र जनताको लागी नसोच्दाको परिणाम हो – आज नेता भन्ने शब्द बाटनै जनता लाई घृणा लाग्न थालेको छ । गत स्थानिय निर्बाचन र सँघिय निर्बाचनमा देखिएका केहि नतिजा नेताहरुले कल्पना पनि गरेका थिएनन । तर कोर एरिया आफ्नो पकड बाट फुस्कि सक्दापनि चेत नखुलेपछी अहिले जस्तो अव्स्था सिर्जना हुनु स्वभाबिक नै हो । गणतन्त्रको जग कमजोर थिएन सत्ता सन्चालन गर्ने नेताहरुको नियतको जग कमजोर हुँदाको परिणाम हो यो । जनतामा चरम निराशा छ यस लाई कसले भजाउने हो अहिले नै भन्न सकिन्न तर पुराना राजनितिक दलहरुले यस्को भर्पाइ गर्न ठुलै मिहिनेत या मुल्य चाही चुकाउनै पर्छ ।

३४ बर्षदेखी एउटै अनुहार सत्ताको म्युजिकल चेयर खेलमा सहभागी छन । उनिहरुमा सत्ताको आशक्ती यती छ कि आर्यघाट नपुग्न्जेलसम्म पनि यो खेलबाट आफुलाई बाहिर राख्न चाहदैनन् । देशलाई उनिहरुको योगदानको अबमुल्यन गर्न खोजेको हैन तर अब उनिहरुले सत्ताको खेलबाट आफुलाई बाहिर राखेर नयाँ पुस्ताका नयाँ अनुहारलाई देशको बागडोर जिम्मा लगाएभने योपनि देशका लागी उनिहरुको एउटा थप योगदान हुने छ । अन्यथा भिरबाट खस्नेलाई राम राम मात्र भन्न सकिन्छ भन्ने उखान झै हाम्रो देश को दिशा र दशा कता जान्छ त्यो भगवान पशुपती नाथ लाई मात्र थाहा हुनेछ ।