मँसिर २ गौरीगञ्ज । मँसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दर्ता भएका नयाँ मतदाताहरुले यसपटक मतदाता परिचयपत्र नपाउने भएका छन् । चुनाबको दुइ दिन अघि तोकिएको मतदान केन्द्रहरु बाटै मतदाताहरुलाइ परिचयपत्र बितरण गर्ने भनिएपनि आयोगले यस पटक मतदान केन्द्रहरुमा मतदाता परिचय पत्र नपाठाएको कुरा गौरीगञ्जका बिभिन्न मतदान केन्द्रका मतदान अधिकृतहरुले बताएका छन् ।

नयाँ दर्ता भएका मतदाताहरु आज बिहानै देखि मतदाता परिचय पत्र लिन सँबन्धित केन्द्रहरुमा पुगे पनि उनिहरु खालि हात फर्किएका छन् ।

यसपालि निर्वाचन आयोगले नयाँ मतदाता परिचयपत्र नछापेकाले मतदान केन्द्रहरुमा मतदाता परिचयपत्र नपठाएइको कुराजिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसी नेपालले बताएका छन् । मतदाता परिचयपत्र बितरण नगरिएपनि मतदाताहरुले नागरिकता प्रमाणपत्र वा चालक अनुमतीपत्र देखाएर मतदान गर्न पाउने कुरा उनले बताएका छन् ।