फागुन ७, गौरीगञ्ज । प्रजातन्त्र दिवस को उपलक्ष्यमा गौरीगञ्ज गाउँपालिका ले हिजो एक सुचना जारी गर्दै गाउँपालिका र मातहतका कार्यालयहरूलाई सार्वजनिक बिदा दिएको थियो । सुचनाको अन्त्यमा दिवसको अवसरमा शुक्रबार साँझ घरघरमा दिपावली गर्न आग्रह समेत गरिएको थियो । तर दिपावली गर्न आग्रह गर्ने गौरीगञ्ज गाउँपालिका को कार्यालय मा शुक्रबार राति ७ बजे अनौठो दृष्य देखियो । शुक्रबार सार्वजनिक विदा दिइएपनि राति सात बजे गाउँपालिका को कार्यालय खुल्लै थियो । भित्र सबै कोठामा बत्ती बलिरहेको थियो तर सुचनामा आग्रह गरिए अनुसार कार्यालय बाहिर दिपावली गरिएको थिएन । बाहिर कार्यालय को हाता एकदमै अध्यारो थियो ।

गाउँपालिका को राति सात बजे को दृश्य


गौरीगञ्ज गाउँपालिका ले सुचना जारी गरेरै दिपावली गर्न आग्रह गरेपछी गौरीगञ्जका सबै भन्दा सक्रिय युवा समुह ‘खजुरगाछी गौरीगञ्ज समाजसेवी युवा सँघका सदस्यहरु शुक्रबार गौरीगञ्ज चोकमा दिप प्रज्वलन गर्ने हौसिएका थिए । युवा सँघका सदस्य हरुले हिजो बिहिबार दिउसो नै कार्यक्रम तय गरि गौरीगञ्ज गाउँपालिका का अध्यक्ष बाबुराजा श्रेष्ठ उपाध्यक्ष दिपेन्द्र थापा लगायत वडाध्यक्ष हरु र वडा सदस्य हरुलाइ समेत निम्तो गरिएको थियो । तर शुक्रबार साँझ समाजसेवी युवा सँघको दिप प्रज्वलन कार्यक्रम मा गाउँपालिका का कुनैपनि जनप्रतिनिधि हरुको उपस्थिति नै देखिएन ।
दिप प्रज्वलन कार्यक्रम सम्पन्न भइसक्दा समेत कुनै जनप्रतिनिधि देखा नपरेपछी गौरीगञ्ज दर्पण ले राति सात बजे गाउँपालिका कार्यालय को अनुगमन गर्यो तर त्यहा कुनै दिप बालेको देखिएन बरु सार्वजनिक बिदा को दिन अबेर राति सम्म कार्यालय खुल्ला भएको शँकास्पसद बाताबरण देखियो । त्यसपछी गौरीगञ्ज दर्पण ले अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष थापा को घरको वरपर समेत चक्कर लगायो तर त्यहाँ समेत कुनै दिपावली गरेको देखिएन ।
आफै निर्णय गर्ने र आफ्नै निर्णय पछी आफै बिर्सिने गौरीगञ्ज गाउँपालिका का जनप्रतिनिधि हरुको यो चलन पुरानै हो । तर यस पटक एक दिन मै आफ्नो निर्णय बिर्सिएका गौरीगञ्जका जनप्रतिनिधि हरुलाई के भन्ने ?