तिहारको पुर्व सन्ध्यामा गौरीगञ्ज प्रहरीद्वारा पटका र सुर्ति बरामद
गौरीगञ्ज , कार्तिक २८ । गएराति भारत तर्फबाट ल्याउदै गरेको अबस्थामा गौरीगञ्ज वडा नँ ४ बाट प्रहरीले प्रतिबन्धित पटका र सुर्ति बरामद गरेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेश रेग्मी सहित सीमा प्रहरी चौकी भवानीपुर बाट गएको गस्ति टोलिले वडा नँ ४ नया हाटबाट गए राति करिब १० बजेको समयमा तिन बोरा प्रतिबन्धित सुर्ति र करिब ५० हजार रुपैंया बराबरको पटका बरामद गरेको कुरा इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ । गस्ति टोलि लाइ देखेपछी तस्करहरु भागेको बुझिएको छ ।
त्यसै गरी मोरँगमा ईलाका प्रहरी कार्यलय रंगेली ले आफ्नो मातहत मा रहेको विभिन्न चाैकि तथा नाका हरु बाट नेपाल मा प्रतिवन्धित बिष्पाेटक पटका हरु विभिन्न समयमा पक्राउ गरेको छ । नेपाल तर्फ प्लाष्टिकको बोरामा लुकाई ल्याउँदै गरेको अबस्थामा ५ बाेरा पटका प्रहरी पक्राउ गरेकाे हाे । साे बाेरामा खुर्सानी पटका, झिरझिरे, चक्र , फुलझरि लगायत बरामद गरेको र उक्त पटका काे बजार मुल्य डेर लाख रुपैयाँ बराबरको रहेको र बरामद गरिएको पटका बिहीबार प्रहरी , जनप्रतिनिधि ,स्थानीय हरु काे राेहवरमा डिस्पोजल समेत गरिएको सस्त्रप्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक अनामाेल खड्काले बताए