तिनकुने क्षेत्र बन्यो रणमैदान : कोटेश्वर सिनामँगल र तिनकुनेमा कर्फ्यु

पढ्न समय: 1 मिनेट

तिनकुने क्षेत्र बन्यो रणमैदान ।


चैत १५ काठमाण्डौ । गतन्त्रको बिरोधमा राजाबादीहरुले काठमाण्डौको तिनकुने क्षेत्रमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा आन्दोलनका जन कमाण्डर दुर्गा प्रसाइले निशेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछी तिनकुने क्षेत्र आज दिनभर जसो तनाब ग्रस्त बन्न पुगेको छ । प्रदर्शनकारीले निशेधित क्षेत्र तोड्न खोजेपछी प्रहरीले अश्रु ग्याँस प्रहार गरेको थियो । अश्रुग्याँस प्रहार पछी तितरबितर भएको भिड आक्रोशित भएको थियो आक्रोशित भिडले तिनकुने क्षेत्रका केहि घरमा तोडफोड गर्नुका साथै एउटा जि घरमा आगजनी समेत गरेको छ । आन्दोलनका क्रममा केहि प्रदर्शनकारी र केहि सुरक्षाकर्मी घाइते भएको बुझिएको छ ।
आन्दोलनकारीहरुले आगजनी गरिएको घर प्रयोग गरि प्रहरीले अश्रुग्याँस प्रहार गरेको आरोप लगाएका छन् । सो घरमा आगो निभाउन गएको दमकलमा समेत प्रदर्शनकीहरुले ढुँगामुडा गरेको कुरा काठमाण्डौबाट प्रकाशित अनलाइनहरुले जनाएका छन् ।
आक्रोशित आन्दोलनकारीहरुले कान्तिपुर र अन्नपुर्ण पोष्टको कार्यालयमा तोडफोड गरेको छ भने एकिकृत समाजबादीको पार्टी कार्यालयमा समेत तोडफोड गरेको कुरा काठमाण्डौबाट प्रकाशित अनलाइनहरुले बताएका छन् । प्रदर्शन कारीहरुले केहि सवारी साधन हरुमा समेत आगजनी गरेका छन् ।
प्रसाशन ले अहिले तिनकुने सिनामँगल र कोटेश्वर क्षेत्रमा कर्फ्यु लगाएको छ ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्