तरहरामा बस दुर्घटना : एक दर्जनभन्दा बढी घाइते

पढ्न समय: 1 मिनेट

साउन २३, ईटहरी ।‌इटहरीको तरहरास्थित होम्स नजिकै बस पल्टिदा १३ जना घाइते भएका छन् ।

मंगलबार बिहान धरानबाट काँकडभिट्टा हिँडेको मे १ ख २७४० नम्बरको बस डिभाइडरमा ठोक्किएर पटिएको हो । बस पल्टिदा १३ जना धन्दा बढी घाइते भएको ट्राफिक प्रहरी पोस्ट तरहराका हवलदार तीर्थ पराजुलीले बताएका छन् ।

- Advertisement -
Ad image

उनका अनुसार घाइते मध्येका दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई उद्धार गरी धरानस्थिति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागी ल्याइएको पराजुलीले बताएका छन् । दुर्घटनापछि बसका चालक, सहचालक पनि तत्काल फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।

दुर्घटनाको कारण बस तीव्र गतिमा रहेकोले अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्