मँसिर ९ गौरीगञ्ज । दमक स्थित निर्वाचन अधिकृतको कार्यालय ले झापा क्षेत्र नँ ५ को समानुपातिक तर्फको पहिलो चरणको मत परिणाम सार्वजनिक गरेको छ । पर्रम्भिक नतिनामै रबि लामीछानेको नयाँ पाटी राष्ट्रिय स्वतन्त्र पार्टीले दोश्रो स्थान ओगटेको छ । समानुपातिक तर्फको ५ हजार ३ सय ९२ मत गन्दा एमालेले १ हजार ८ सय ४३ मत पाएका छन् भने घण्टी चुनाब चिन्ह रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार २ सय २३ मत प्राप्त गरेका छन् । त्यसैगरि माओबादी केन्द्र ७४५ मत सहित तेश्रो स्थानका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी ५ सय ३२ मतका साथ चौथो स्थानमा छन् । नेपाली काँग्रेस ४ सय ८८ मत प्राप्त गरि पाचौँ स्थानमा छन् ।