जाजरकोट केन्द्र बिन्दु बनाएर गएको भूकम्पमा परि ज्यान गुमाउनेको संख्या १ सय ३६ पुगेको छ ।‌ अघि बिहान ११: ३० बजे सम्म गौरीगञ्ज दर्पण डटकम लाई प्राप्त विवरण अनुसार जाजरकोटमा ९८ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको पुष्टि भएकोछ ।

जाजरकोटमा महिला ६९ जना र पुरुष २९ जनाको मृत्यु भएको छ । पश्चिम रुकुममा महिला १९ जना र पुरुष १९ जनाले ज्यान गुमाएका छन् । भूकम्पका कारण जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ७२ जना घाइते भएका छन् । घाइतेहरूको उपचारमा काठमाडौँबाट स्वास्थ्यकर्मी घटनास्थलमा परिचालन गरिएको छ ।गम्भीर घाइतेहरुलाई थप उपचारका लागी सुर्खेतका अस्पतालहरूमा रिफर गरिएको छ ।