चैत १२, झापा । गौरीगञ्ज गाउँपालिका वडा नँ २ को कार्यालय ले यस बर्ष एसईई उतिर्ण गरि गौरीगञ्जकै बिभिन्न सामुदायिक उच्च माबि हरुमा अध्ययनरत आफ्ना वडाभित्र छोरी बुहारीहरुलाई साईकल बितरण गरेको छ । बिहिबार वडा कार्यालय मा एक औपचारिक कार्यक्रमको आयोजना वडा भित्र का गरि ३० जना छोरी बुहारी हरुलाई साईकल बितरण गरेको हो ।

वडा भित्र का छोरी बुहारी हरुलाई उच्च शिक्षाका लागि क्याम्पस आवतजावत गर्ने सजिलो बनाउन तथा छोरी बुहारी हरुलाई शिक्षामा हौसला प्रदान गर्न साईकल बितरण गरिएको कुरा वडाध्यक्ष अघनु प्रसाद राजवंशी ले बताएका छन् ।

वडा नँ २ ले गत वर्ष देखि वडा भित्र का एसईई उतिर्ण गरेका छोरी बुहारी हरुलाई साईकल बितरण गर्न शुरु गरेकोमा त्यसैको निरन्तरता स्वरुप यो बर्ष पनि साईकल बितरण गरिएको कुरा वडा सदस्य अरुण राजवँशीले बताए । आउदो बर्ष एसईईमा ८० प्रतिशत भन्दा बढि अँक प्राप्त गर्ने छोरीबुहारी लाई आफ्नो तर्फबाट बिशेष पुरस्कार प्रदान गर्ने कुरा वडा सदस्य नेत्रप्रसाद राजवँशीले घोषणा गरेका छन् ।
कार्यक्रम मा वडा सदस्य रिङ्कुदेवी रामले स्वागत मन्तब्य राखेका थिए भने कार्यपालिका सदस्य हरु जेठा मुर्मु र रिता तामाङ तथा पार्टी प्रतिनिधीका तर्फबाट नेकपा माओवादी केन्द्रका टेकनारायण राजवंशी , अभिभावकका तर्फबाट गोकुल राजवँशी र बिद्यार्थी का तर्फबाट सुनिता राजवँशीले मन्तब्य राखेका थिए । कार्यक्रम को सहजिकरण वडा सचिव गोविन्द राजवँशीले गरेका थिए ।

