पश्चिम झापाकै सबै भन्दा पुरानो इतिहास बोकेको गौरीगञ्ज माध्यमिक बिद्यालयमा बिधि र प्रकृया मिचेर बहालवाला वडाध्यक्षनै बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष बनेका छन् । बिद्यालय ब्यवस्थापन समिती सदस्य चयन प्रकृयाले पुर्णता नपाउदै मँसिर १० गते बसेको बहालवाला वडाध्यक्ष सहितको अपुर्ण सदस्यको बैठकले वडा नँ ३ का वडाध्यक्ष श्रवण गिरीलाइ ब्यवस्थापन समिती अध्यक्षमा चयन गरेको पाइएको छ । सामान्यतया समितीको सबै सदस्य चयन गरिसकेपछी चयन भएका सबै ११ जना सदस्य हरु मध्ये बाट सहमतीको आधारमा मात्र अध्यक्ष चयन गरिने नियम छ । तर मँसिर १० गते सम्म एक जना सदस्य छनौट गर्न बाँकी नै रहेको देखिन्छ भने सोहि दिन मनोनित भएका सदस्य पिँकी अग्रवालको सो बैठकमा उपस्थिती नै देखिदैन ।

शिक्षा एन २०२८ को नवौ सँसोधन मा ब्यवस्था भए अनुसार सँबन्धित वडाका वडाध्यक्ष वा वडा सदस्य ब्यबस्थापन समितीको सदस्य हुन पाउने नियम छ तर सदस्य कस्लाइ पठाउने भनि वडा सदस्य सहितको वडा समितीले निर्णय गर्नु पर्दछ । एक वडा सदस्यका अनुसार वडा बाट कस्लाइ सदस्य पठाउने भनेर वडा समितीमा कुनै निर्णय नै भएको छैन । बिद्यालयको बैठक पुस्तिकामा पनि वडाध्यक्ष श्रवण गिरीलाइ सदस्यको रुपमा मनोनयन गरेको कुनै निर्णय नै भएको देखिदैन । तर असोज १२ गतेको बिद्यालय ब्यवस्थापन समितीको बैठकमा उनि समितीको सदस्यको रुपमा उपस्थित भएको देखिन्छ ।

असोज १२ गतेको निर्णय

सोहि दिनको बैठकका निर्णय अनुसार समितीलाइ पुर्णता दिनका लागि प्राबिधिक धारको बिषय सञ्चालन भएको बिद्यालयमा उद्योग वाणिज्य सँघका प्रतिनिधि समितीका सदस्य रहन पाउने नियम भएकाले उद्योग बाणिज्य सँघ बाट २ जना प्रतिनिधि माग गर्ने भनि निर्णय गरेको देखिन्छ । तर सो माग बमोजिम उद्योग बाणिज्यसँघ बाट प्रतिनिधि छनौट गरि बिद्यालयलाइ पठाएको कुनै सिफारिस नै देखिदैन र सो सिफारिस बमोजिम बिद्यालय ब्यबस्थापन समितीले दुइ जना सदस्य चयन गरेको कुनै निर्णय नै देखिदैन तर असोज १४ गतेको बिद्यालय ब्यबस्थापन समितीको बैठकमा उद्योग बाणिज्य सँघको तर्फबाट पाण्डब झा र मखना महतो ब्यबस्थापन समिती सदस्यको हैसियतले बैठकमा उपस्थित भएको देखिन्छ ।

असोज १४ गतेको निर्णय

शिक्षा एन २०२८को ११ औ सँसोधन अनुसार प्राबिधिक धारको बिषय सञ्चालन भएको बिद्यालयमा ब्यबस्थापन समिती गठन गर्दा जिल्ला स्तरको उद्योग बाणिज्य महासँघको २ जना प्रतिनिधि सदस्य रहन पाउने ब्यबस्था छ तर यि दुबै जना जिल्ला स्तरको महासँघको कुनै पदमा रहेको देखिदैन । उद्योग बाणिज्य सँघ गौरीगञ्जको कार्य समितीका एक सदस्यका अनुसार गौरीगञ्ज माबिमा उद्योग बाणिज्य सँघ बाट प्रतिनिधि पठाउने कुनै निर्णय नभएको बताएका छन् ।

शिक्षा ऐन मा भएको व्यवस्था

वडाध्यक्ष गिरी गाउँपालिका स्तरिय शिक्षा समितीमा समेत सदस्य रहेका छन् । शिक्षा समितीको सदस्य रहेको ब्यक्ती नैतिकताको आधारमा बिद्यालय ब्यबस्थापन समितीमा बस्न मिल्दैन । शिक्षा समिती ले नै बेला बेला बिद्यालयको गतिबवधि अनुगमन गर्ने नियम छ । आफै अनुगमन समितीमा र आफै ब्यबस्थापन समिती अध्यक्ष रह्दा सो बिद्यालयको गतिबिधि अनुगमन मा प्रभाव पर्ने भएकाले नैतिकताको आधारमा वहालवाला वडाध्यक्ष समितीको अध्यक्ष बन्न नमिल्ने देखिन्छ । यस बारे बिद्यालयका प्रधानाध्यापक गोबिन्द घिमिरे सँग सम्पर्क गर्न खोज्दा उनि मोवाइल स्विच अफ गरेर केहि दिन यता बिदामा बसेका छन् । बिद्यालयका निमित्त प्रधान अध्यापक कर्मा शेर्पाले आफु निमित्तको प्रअको हैसियतमा रहेकाले यसबारे आफुले बोल्न उपयुक्त नहुने बताएका छन् । उद्योग बाणिज्य सँघ बाट सदस्य चयन भइ आएको पत्र बिद्यालयमा आए नआएको बारे आफु अनभिज्ञ रहेको बताए पनि वडा नँ ३ को वडा कार्यालयबाट कस्लाइ सदस्य सिफारिस गरिएको हो भनि कुनै पत्र बिद्यषालयमा नआएको कुरा उनले स्विकार गरेका छन् ।


समितीमा को को चयन भए

भदौ २८ गतेको अभिभावक भेलाबाट २ महिला सहित ४ जना छनौट गर्नु पर्नेमा २ जना महिलाहरु मैना श्रेष्ठ र धनमाया ताजपुरिया मात्र चयन भएका थिए । पुरुष सदस्यका लागि सहमती जुट्न नसकेपछी भदौ ३० गते शिक्षा शाखा प्रमुख टँक खरेलको अध्यक्षतामा बसेको बैठकले चुनाव प्रकृयाबाट २ जना पुरुष सदस्य छनौट गर्ने निर्णय गरेको थियो तर चुनाव भएन । २ पुरुष सदस्यका लागि ५ जना उम्मेद्वारको मनोनयन दर्ता भएको थियो तरअसोज ३ गते को बैठकबाट ५ जना बीच सहमती गराइ सहमतीकै आधारमा बिनोद कुमार यादव र जगन्नाथ साहलाइ चयन गरिएको थियो । त्यस पछी वडा नँ ३ को वडा समितीको निर्णय बिना र बिद्यालय ब्यबस्थापन तथा अभिभावकको अनुमोदन बिना नै असोज १२ गतेको बैठकमा वडाध्यक्ष गिरी समिती सदस्यको हैसियतमा बैठकमा उपस्थिती जनाएका थिए । सोहि बैठकले उद्योग बाणिज्य सँघ सँग प्रतिनिधि माग गर्ने निर्णय गरेको गियो भने उद्योग बाणिज्य सँघको औपचारिक निर्णय बिना र ब्यबस्थापन समितीको बैठकको अनुमोदन बिना नै मखना महतो र पाण्डब झा समितीको सदस्यको हसियतमा बैठकमा उपस्थिती जनाएको देखिन्छ । यस बाहेक छनौट भएका सदस्यहरुले एक महिला सहित २ जना सदस्य मनोनित गर्नु पर्नेमा मँसिर १० गते बसेको बैठकले एक जना पिँकी अग्रवाललाइ मात्र मनोनित गरेको देखिन्छ भने एक पुरुष सदस्य मनोनित गर्न बाँकी हुदै सोहि बैठकले बहालबाला वडाध्यक्ष गिरीलाइ नियम र बिधि बिपरित समितीको अध्यक्षमा चयन गरेको छ ।

मँसिर ८ को बैठक


मँसिर ८ को निर्णय

विद्यालय व्यवस्थापन का लागि सरकारले शिक्षा नियमावली २०५८ सँसोधन गरि सरकारी विद्यालय हरु समुदाय मा हस्तान्तरण गर्ने निति लिएको छ । वडाध्यक्ष स्थानीय सरकार को वडा प्रमुख हो यस अर्थमा नेपाल सरकार को निति विपरीत स्थानीय सरकार ले समुदाय मा हस्तान्तरण भइसकेको विद्यालय आफ्नो अधिनमा पार्ने गलत नजिर बसाउन खोजेको आम समुदायको बुझाई छ ।
शिक्षक प्रतिनिधिका रुपमा भैरब प्रसाद पोख्रेल चयन भएका छन् भने प्रधानाध्यापक गोबिन्द प्रसाद घिमिरे पदेन सचिब हुने ब्यवस्था छ ।