माघ २४ गौरीगञ्ज । आन्तरीक राजश्व कार्यालय दमकले गौरीगञ्जमा कर दाता शिक्षा तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ । गौरीगञ्ज गाउँपालिका तथा उद्योग वाणिज्य सँघ गौरीगञ्जको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
गौरीगञ्जका ब्यापारी ब्यावशायीहरु भेला भएको कार्यक्रममा आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख लब कुमार अधिकारीले ब्यावशायीहरुको स्थायी लेखा नँबर दर्ता प्रकृया देखि कर चुक्ता प्रकृया कर सँबन्धी कानुनहरु लगायतका बिषयहरुमा प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण पछी सहभागि ब्यावशायीहरुले मीस म्याचको बारेमा समेत गुनासो पोखेका थिए । आफुहरुले हरेक बर्ष कर तिरि रहेको र आन्तरिक राजश्व कार्यालयले हरेक बर्ष कर चुक्ता प्रमाण पत्र समेत दिइ रहेको अबस्थामा कार्यालयले आठ दश बर्ष पुरानो कर चुक्ता नमिलेको भन्दै मीस म्याचको नोटिस पठाएको प्रति गुनासो गरेका थिए । कर प्रमुख अधिकारीले ब्यावशायीका जिज्ञासाहरुको जवाफ दिएका थिए ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष फुलबती राजवँशीले राज्यलाइ कर तिर्नु नागरिकको दायित्व भएकाले करदाताहरुले मीस म्याचमा परेका ब्याबशायीहरुलाइ मीस म्याचमा देखिएको बेरुजु रकमको कर तिर्न अनुरोध गरेका थिए भने उपाध्यक्ष पुजन न्यौपाने कुँवरले अहिले ब्यापार मन्दि चलिरहेको र बैँकहरु समेतले ब्याजको नाममा ब्याबशायीहरुको ढाड सेकीरहेको अबस्थामा मीस म्याच भन्दै कर कार्यालयले पुरानो रेकर्ड झिकेर ब्यावशायीहरुलाइ निराश बनाएको जिकिर गर्दै कर ब्यावशायीहरुलाइ राहत हुने गरि माथिल्लो निकाय सम्म प्रकृया सच्याउन कर कार्यालयलाइ आग्रह गरेका छन् ।
समापन सत्रमा सभापतीको आसनबाट बोल्दै उद्योग वाणिज्य सँघ गौरीगञ्जका अध्यक्ष मखना महतोले गौरीगञ्जमा आएर यहाका ब्यापारीहरुलाइ कर दाता शिक्षा तथा मीस म्याचको बारेमा जानकारी गराइ दिएकोमा कर अधिकृत लब कुमार अधिकारी र आन्तरीक राजश्व कार्यालय दमकलाइ धन्यबाद दिएका थिए ।