गौरीगञ्जका विद्यालयहरुमा गठित ब्यबस्थापन समिति बिरुद्ध उच्च अदालतमा रिट

पढ्न समय: 3 मिनेट

फागुन ७ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरु गठन गरिएकोछ बिद्यालय ब्यवस्थापन समिति शिक्षा ऐन २०२८ बिपरित रहेको भनि उच्च अदालत, बिराटनगर, ईलाम ईजलास मा रिट दायर भएको छ ।‌ गौरीगञ्ज वडा नँ १ स्थित जनकल्याण आधारभुत विद्यालय का शिक्षक सोम नाथ काफ्ले र ईलामका हेमन्त कुमारी मोक्तान ले गत जेठमा गौरीगञ्ज गाउँपालिका शिक्षा समिति ले गठन गरेको विद्यालय व्यवस्थापन समिति शिक्षा ऐन विपरित भएकोले सो कार्य रोक्न अन्तरिम आदेश सहितको उत्पेषणयुक्त परमादेश सहितको निषेधाज्ञा लगायतको आदेश का लागि रिट दायर गरेको हो ।

रिट


रिटमा जनकल्याण आबु र प्रधानाध्यापक, गौरीगञ्ज गाउँपालिका र प्रमुख, शिक्षा समिति र प्रमुख तथा वडा नँ १ देखि ६ सम्मका वडा कार्यालय हरु र वडाध्यक्ष हरुलाइ विपक्षी बनाइएको छ ।

- Advertisement -
Ad image

रिट दायर भए पश्चात हिजो पहिलो पेसी भए सँगै तिन वटा शिक्षक सँगठन हरुले एक बिज्ञप्ति जारी गर्दै रिटको समर्थन गरेका छन् । ‌

बिज्ञप्ति

नेपाल शिक्षक सँघ गौरीगञ्ज गाउँ कमिटी अध्यक्ष गोपाल प्रसाद ताजपुरिया, नेपाल राष्ट्रिय शिक्षक संगठन गौरीगञ्ज गाउँ कमिटी उपाध्यक्ष बरुण कुमार राजबँशी र एकिकृत अखिल नेपाल राष्ट्रिय शिक्षक सँगठन गौरीगञ्ज गाउँ कमिटी अध्यक्ष प्रकाश चन्द्र राजवँशी द्वारा सँयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा शिक्षा ऐन २०२८ बिपरित तदर्थ बिद्यालय ब्यवस्थापन समिति गठन गर्न लागेको तथा अधिकाँश विद्यालय मा गठन समेत गरेकोले कानुनी हकको प्रचलनका लागि सार्वजनिक हक वा सरोकार भएको कानुनी प्रश्न को निरुपण का लागि यथार्थ बिबरण खुलाइ नेपाल को सँबिधान को धारा १४४ तथा न्याय प्रशासन ऐन २०७३ को दफा ८ समेतको आधारमा सम्मानित उच्च अदालत ईलाममा चढाएको रिट निवेदन माग बमोजिम गरि न्याय पाउँ । उक्त रिट निवेदन प्रति हाम्रो पेशागत सँघ सँगठन नेपाल शिक्षक संघ गौरीगञ्ज गाउँ कमिटी, नेपाल राष्ट्रिय शिक्षक सँगठन गौरीगञ्ज गाउँ कमिटी र एकिकृत अखिल नेपाल शिक्षक सँगठन गौरीगञ्ज गाउँ कमिटीको शुरु देखि नै साथ सहयोग रहदै आएको र उक्त रिट प्रति पुर्ण समर्थन तथा एक्यवद्धता जाहेर गर्दछौं भनिएकोछ ।
गौरीगञ्ज गाउँपालिका शिक्षा समिले गत जेठमा निर्णय गर्दै वडाध्यक्ष तथा निजले तोकेको व्यक्ति को सँयोजकमा प्रत्येक सामुदायिक विद्यालय हरुमा विद्यालय व्यवस्थापन समिति गठन गर्ने निर्णय गरि सोही अनुसार समिति गठन गर्दै आएको छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्