असोज १४, गौरीगञ्ज । गौरीगञ्ज दर्पण डटकम ले गौरीगञ्ज गाउँपालिका भित्रका बेथिति हरु सार्वजनिक गर्न थालेपछि गलती ढाकछोप गर्न गौरीगञ्ज गाउँपालिका ले बिज्ञप्ति जारी गरेको छ । बिज्ञप्ति मा भनिएको छ – विगत केही दिनदेखि कोही व्यक्तिबाट गाउँपालिकाको सूचनाको दुरुपयोग गरी सामाजिक सञ्जाल एवं अनलाइन खबरको माध्यमबाट गाउँपालिका निवासी समेतमा भ्रम सृजना हुने एवं गाउँपालिका अन्तर्गतका जनप्रतिनिधि तथा कर्मचारीहरुमा आतङ्क सृजना गरी गाउँपालिकाको कार्यवातावरणमा खलल पार्ने एवं व्यक्तिगत चरित्रमाथि आँच आउने प्रकृतिका अनर्गल सूचनाहरु सम्प्रेषण गरीरहेको विषयमा गाउँपालिकाको ध्यानाकर्षण भएको छ ।
बिज्ञप्ति मा सुचना को दुरुपयोग गरिएको आरोप लगाईएको छ तर गौरीगञ्ज दर्पण डटकम ले सुचनाको हक सम्बन्धी ऐन २०६४ अनुसार नै निवेदन पेश गरि नियम अनुसार लाग्ने दस्तुर तिरेर गाउँपालिका बाट सुचना प्राप्त गरेको हो ।
ति सुचना हरुमा देखिएको कैफियत का बारेमा अध्यक्ष फुलबत्ती राजवंशी सँग अन द रेकर्ड कुराकानी गर्दा उनले गैरजिम्मेवार पुर्ण जवाफ दिएका थिए, जुन कुरा गौरीगञ्ज दर्पण डटकम को कार्यक्रम समसामयिक मा गत बुधबार प्रसारण भइसकेको छ। गौरीगञ्जबासीको पहुँच मै नभएको पत्रिका मा लाखौँको बिज्ञापन किन दिएको र ति बिज्ञापन को औचित्य के हो भन्ने प्रश्नमा प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडा ले गौरजिम्मेवार र आलटाले जबाफ दिएका थिए ।
बिज्ञप्ति मा भनिएको छ – गाउँपालिका अन्तर्गत हुने प्रत्येक कामकारबाही कानुन (संविधान, ऐन, नियम, कार्याविधि र वैधानिक निर्णय बमोजिम प्रभावकारीता, औचित्यता, नियमितता, मितव्ययिता र कार्यदक्षताको सिद्धान्त बमोजिम सम्पादन हुनेगरेको तथा गाउँपालिकाबाट भए गरेका कामकारवाहीको सत्य तथ्य गाउँपालिकाको नियमित सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत समेत सबै सरोकारवाला गाउँपालिका निवासीहरुमा जानकारी गराइने एवं सूचनाको दुरुपयोग गर्ने विरुद्ध कानुन बमोजिम कारबाहीको प्रक्रिया अवलम्बन गरिने समेत भनिएकोछ ।पत्रकार ले सोधेका प्रश्न हरुको जवाफ दिन नसक्ने प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडा र अध्यक्ष फुलबती राजवँशी ले गलती सच्याएर अघि बढ्नुको साटो बिज्ञप्ति मार्फत पत्रकारलाई कार्वाही गर्ने धम्की दिएका छन् ।
गत साउन २५ गतेदेखि गौरीगञ्ज गाउँपालिका मा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले ऐन कानून का छिद्र हरु खोजि गर्दै नितिगत भ्रष्टाचार मा,सँलग्न हुन थालेका प्रमाण हरु फेला पर्न थालेपछि र फुलबत्ती राजवंशी नेतृत्व को स्थानिय सरकारका बेथिति हरु उनिहरुले स्थानीय सञ्चार माध्यम लाई कार्वाहीको धम्की दिएका छन् ।
पत्रकार ले सोधेका प्रश्न हरुको जवाफ दिन नसक्ने प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडा र गाउँपालिका अध्यक्ष फुलबती राजवँशी को धम्कीपुर्ण बिज्ञप्ति बाट कति पनि नडराई बेथिति बिरुद्ध निरन्तर खबरदारी गरिरहने कुरा गौरीगञ्ज दर्पण डटकम का सम्पादक मदन राजवंशी मनप्रीत ले बताएका छन् ।
यस्तो छ विज्ञप्ति