
कोशी प्रदेश र मधेश प्रदेशमा आज सार्बजनिक बिदा
बैशाख २ झापा । कोशी प्रदेश र मधेस प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । सिरुवा तथा जुडशीतल पर्वको अवसरमा प्रदेशमा सार्वजनिक बिदा दिइएको हो ।
कोशी प्रदेश सरकारले सिरुवा पर्वको अबसरका राजपत्र मै प्रकाशित गरेर बिदा दिएको छ भने मधेश प्रदेश सरकारले चैत्र ३१ गते एक सुचना प्रकाशित गरि बिदा दिएको जनाएको छ । मधेश प्रदेशमा जुडशितल र कोशी प्रदेशका तराइका जिल्लाहरुमा सिरुवा पर्व धुमधामले मनाउने गरिएको छ । भोली बैशाख ३ गते झापाको गौरीगञ्ज गाउँपालिका बाह्रदशी गाउँपालिका बिर्तामोड नगरपालिका झापा गाउँपालिका र गौरादह नगरपालिकाले सिरवा पर्वको अबसरमा स्थानिय बिदा दिएको छ । पालिकाहरुले सुचना जारी गर्दै बैशाख ३ गते स्थानिय बिदा दिएको जनाएको छ ।