भदौ २१ , काठमाडौं । काठमाडौंकाभाईरल वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाअध्यक्ष रिजालको डेंगी संक्रमणपछि उपचारका क्रममा निधन भएको वडा नम्बर १६ का सचिव प्रकाश खड्काले जानकारी दिए ।
रिजाल डेंगी संक्रमणपछि गत शुक्रबार धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका थिए । उपचारमा संलग्न चिकित्सकले पनि रिजालको निधनको पुष्टि गरेका छन् ।
कांग्रेसबाट उम्मेदवार बनेका रिजाल गत स्थानीय तह निर्वाचनमा एमालेका लक्ष्मीरत्न तुलाधरलाई हराउँदै वडाध्यक्षमा विजयी भएका थिए । काठमाडौं क्षेत्र नम्बर-७ का सभापतिसमेत रहेका रिजाल दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचित भए लगत्तै मेयर बालेन साह सँगको नोकझोक र पछिल्लो समय बिकासका कार्यमा देखाएको लगाबका कारण यिनि सामाजिक सञ्जालमा चर्चाको विषय बनि रहे ।