
काज सकेर पनि कार्यालयमा हाजिर भएनन् गौरीगञ्ज गाउँपालिकाका योजना शाखा प्रमुख चँदारा
चैत १७ झापा । गौरीगञ्ज गाउँपालिकाका योजना शाखा प्रमुख नारायण चँदाराको काज सकिएर पनि कार्यालय हाजिर भएका छैनन् । योजना शाखाको सेतोपाटीमा उनले आफै चैत १६ गतेसम्मको काज बिदा लेखेर गत फागुन ३ गते देखि कार्यालय आएका छैनन् । उनले आफैले लेखेको सुचना अनुसार उनको बिदा हिजै देखि सकिएर आज कार्यालय हाजिर हुनु पर्ने हो ।

यस बारे बुझ्न गाउँपालिका पुग्दा आज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा समेत दिउसो १ बजेसम्म कार्यालय आइ पुगेका थिएनन् । कार्यालयमा भेटिएका प्रशासन शाखा अधिकृत बिरेन्द्र खड्कालाइ योजना शाखा प्रमुख चँदाराले कति दिन सम्म बिदा लिएको हो भनि जिज्ञासा राख्दा उनले चँदाराको काज मन्त्रालयले स्विकृत गरेकोले आफुलाइ यसबे जानकारी नरहेको बताएका छन् । चँदाराको उनुपस्थितीमा योजना शाखाको जिम्मेबारी लिखित रुपमा सकैलाइ नतोक्दा अहिले आर्थिक बर्षको अन्तिम चौमासिक चलिरहँदा योजना सँझौता गर्ने देखि लिएर फरफारक गर्ने कामकोलागि कार्यालय धाइरहेका सेवाग्राहीहरुले सास्ति बेहोरी रहेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत थापाको सुनसान कार्यकक्ष

योजना शाखा प्रमुख नायण चँदारा अहिले मात्र होइन उनि अरु बेला पनि प्राय कार्यालयमा अनुपस्थित नै रहने गरेका छन् । अबकास पाउन अब केहि बर्ष मात्र बाँकी रहँदा उनि कि त प्राय बिदामा बस्ने कि त भत्ता आउने कार्यक्रम वा तालिमका लागि काजमा बस्ने गरेको कुरा एक कर्मचारीले बताएका छन् ।
शाखा प्रमुख नै प्राय शाखामा नहुँदा शाखाको काम एकै चोटी थुप्रिने गरेको र कुनै कुनै बेला सेवा ग्राहीलाइ एउटै कामका लागि बारम्बार कार्यालय धाउनु पर्ने समस्या रहेको सेवाग्राहीहरु बताउँछन् ।
अहिले गाउँपालिका र मातहतका वडा कार्यालयहरुमा कर्मचारी अभाव भइरहेको बेला अधिकृत स्तरका यस्ता कर्मचारीहरुका कारण सेवा प्रवाहमा थप समस्या भइरहेको कुरा श्रोतको दाबी छ । जन निर्वाचित जनप्रतिनिधिहरु सेवा प्रवाह प्रति जिम्मेबार नहुँदा पछिल्लो समय गौरीगञ्ज गाउँपालिकामा कर्मचारीहरुको मनोमानी र सेवा प्रवाहमा बेथिती बढ्दै गएको छ । कार्यालयका प्रमुख प्रशासकीय अधिकृत खेम राज थापा लगायत केहि शाखाका शाखा प्रमुखहरु पछिल्लो समय कार्यालय आएपनि प्राय आफ्नो कार्यकक्ष भन्दा बढि समय बिभिन्न अघोषित बैठक भन्दै अध्यक्ष फुलबती राजवँशीको कार्यकक्षमा भेटिने गरेका छन् ।