कन्काईले बगायो बाँसको पुल : गौरीगञ्ज र झापा बीच आवतजावत बन्द

पढ्न समय: 1 मिनेट

असार ३ गौरीगञ्ज । कन्काई नदिमा आएको बाढीले बाँसको पुल बगाएको छ । पुल बगाएपछि झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका बीच तत्कालका लागि आवतजावत अबरुद्ध भएको छ ।

- Advertisement -
Ad image

गएराति देखि नदिमा पानीको सतह बढ्दै गएपछि आज रँगियाथान पुर्व को बाँसको पुल बगाएको कुरा स्थानीय केशब भट्टराईले जनाएका छन् । , बाढिले रँगियाथान पुर्व को बाँध पनि भत्किन थालेको कुरा उनले बताए । नदिमा पानीको सतह बढ्दै गएपछि हुलाकी राजमार्ग अन्तर्गतको बाँसको पुल पनि खोलिएको छ ।

झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिका बीचको सीमानाका रुपमा रहेको कन्काई नदिमा लामो समयदेखि पक्की पुलको निर्माण सम्पन्न हुन नसक्दा स्थानीय हरुले बर्षेनी बाँसको अस्थायी पुल बनाई आवतजावत गराउदै आएका छन्।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्