कार्तिक १२, गौरीगञ्ज । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) को आसन्न दसौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत गौरीगञ्जमा सम्पन्न प्रथम गाउँपालिका अधिबेशन बाट सर्वसम्मतिले गठन भएको गाउँ कमिटी का पदाधिकारी हरुले शनिबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नवगठित गाउँ कमिटी का पदाधिकारी हरुलाई एमाले झापा जिल्ला सँयोजक कैलाश मास्केले सपथ खुवाएका छन् ।

गौरीगञ्ज क्याम्पस को सभा हलमा आयोजित सपथ ग्रहण कार्यक्रम मा एमाले नेता मदन अधिकारी, हृदय ठाकुर लगायतले शुभकामना मन्तब्य राखेका थिए ।‌त्यसैगरि एमाले गौरीगञ्जका निबर्तमान अध्यक्ष बिष्णु न्यौपाने ले नवगठित कमिटी का पदाधिकारी हरुलाई शुभकामना दिएका थिए भने नब निर्बाचित अध्यक्ष गोविन्द कुँवरले नब निर्बाचित पदाधिकारी तथा बिगठित समिति का पदाधिकारी हरुलाई धन्यवाद ज्ञापन गरेका थिए ‌ । नेकपा एमाले गौरीगञ्जको पहिलो गाउँ अधिवेशन बाट सर्वसम्मति मा शुक्रबार गोबिन्द कुँवर को सँयोजक मा ७५ सदस्यीय गाउँ कमिटी सर्वसम्मत बाट चयन गरेको थियो ।
अध्यक्ष मा गोबिन्द कुँवर उपाध्यक्ष मा रामकृष्ण पन्त, सचिवमा श्रवण गिरी, तथा सह सचिव मा कृष्ण महतो र राजकुमार राजबँशी, सर्वसम्मत बाट चयन भएका थिए ।
नवगठित गाउँ कमिटीमा चयन भएका अन्य सदस्य हरुको नामावली यस प्रकार छन् –

सदस्यहरु
सदस्यहरु
सदस्यहरु