इलाका प्रहरी गौरीगञ्जमा कार्कीको स्वागत, दाहालको बिदाइ

पढ्न समय: 1 मिनेट

चैत्र ६ गौरीगञ्ज । इलाका प्रहरी कार्यालय गौरीगञ्जमा कार्यरत प्रहरी निरिक्षक जितेश दाहालको सरुवा भएको ५ भने उनका स्थानमा नयाँ प्रहरी निरिक्षक बिजय कार्की आएका छन् । सोमबार कार्यालयमा फेरी भेटौला तथा स्वागत कार्यक्रम गरि दाहालको बिदाइ तथा कार्कीको स्वागत गरिएको छ ।

- Advertisement -
Ad image
gd


कार्यक्रममा गौरीगञ्ज गाउँपालिका अध्यक्ष फुलबती राजवँशी उपाध्यक्ष पुजन न्यौपाने कुँवर गौरादह नगरपालिकाकी उपमेयर जलबर्षा राजवँशी गौरीगञ्ज गाउँपालिकाका पुर्व उपाध्यक्ष दिपेन्द्र थापा प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ वडाध्यक्षहरु श्रवण गिरी फेका गिरी बिजय प्रसाद सिँह लगायत बिभिन्न सँघ सँस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रमका बक्ताहरुले दाहालको बिदाइ र कार्कीको स्वागत गर्दै गौरीगञ्जका बिद्यमान समस्याहरुका बारेमा नयाँ नेतृत्वलाइ अबगत गराएका थिए ।

दाहालको सरुवा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा भएको हो । उनि गत बर्ष चैत्र मै सरुवा भएर गौरीगञ्ज आएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्