आठमौजा छोटी भन्सारबाट एक महिनामा २२ हजार रुपैया मात्र राजस्व सँकलन

चैत्र १२ गौरीगञ्ज । झापाको गौरीगञ्जमा पुनरस्थापना भएको आठमौजा छोटी भन्सारबाट गएको महिना अति नै न्युन राजश्व सँकलन भएको छ । गएको फागुनमा २२ हजार ९ सय रुपैया मात्र राजस्व सँकलन भएको कुरा भन्सारका कम्प्युटर अपरेटर दिवस मोतेले जनाएको छ ।

गत माघमै कार्यालय पुनरस्थापना भएपनि कार्यालयले फागुन ३ गतेदेखि मात्र प्रज्ञापन पत्र जारी गर्न थालेको थियो । कार्यालयमा अहिले ४ जना कर्मचारी कार्यरत छन् । कार्यालयमा भन्सार काट्न दैनिक ३ देखि ४ जना मात्र सेवाग्राही आउने गरेको कुरा अपरेटर मोतेले बताएको छ । उनका अनुसार कार्यालयमा चिनि बेसार लसुन जस्ता खुद्रे सामानहरुको मात्र भन्सार काट्न सेवाग्राही आउने गरेका छन् ।