
फागुन २० गौरीगञ्ज । आजदेखि देशभरका बालबालिकाहरुलाइ दादुरा रुबेला बिरुद्धको खोप अभियान सञ्चालन भएको छ । झापा लगायत तराइका २१ जिल्ला र काठमाण्डौ उपत्यका भित्रका ३ जिल्ला गरि २४ जिल्लामा ९ महिनादेखि १५ बर्ष मुनिका बालबालिकाहरुलाइ र बाँकी जिल्लाहरुमा ९ महिना देखि ५ बर्ष मुनिका बालबालिकाहरुलाइ दादुरा रुबेला बिरुद्धको खोप लगाएर अभियान सञ्चालन गरिएको कुरा राष्ट्रिय स्वास्थ्य शिक्षा सुचना तथा सञ्चार केन्द्रले जनाएको छ ।

यो अभियान आज फागुन २० गतेदेखि चैत ७ गते सम्म सञ्चालग गरिने भएपनि स्थानिय सरकारहरुले बनाएको तालिका अनुसार आजदेखि सञ्चालन भएको छ । झापाको गौरीगञ्ज गाउँपालिकामा भने बिभिन्न बिद्यालयहरुलाइ खोप केन्द्र तोकेर आज देखि फागुन २६ गते सम्म अभियान सञ्चालन हुने जनाइएको छ । स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिक्षका अनुसार आफुलाइ पायक पर्ने बिद्यालय केन्द्रमा बफ्ना बालबालिकाहरुलाइ लगेर खोप सेवा लिन सकिनेछ । गौेरीगञ्जमा यस्तो छ खोपको तालिका



