७० बर्षिया बृद्धाको बलात्कार पछि हत्या

पढ्न समय: 1 मिनेट

मँसिर २५, झापा । आज अन्तराष्ट्रिय मानब अधिकार दिवस र १६ दिने महिला हिन्सा बिरुद्धको अभियान को अन्तिम दिन झापाको मेचीनगर-१३ चारआलीस्थित पाउँपाथिभरा मन्दिर अगाडि राजमार्गको कल्भर्टमुनि एक वृद्धाको बलात्कारपछि हत्या भएको छ।

अर्जुनधारा-११ की ७० वर्षीया माइना हस्दाको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ।

- Advertisement -
Ad image

वृद्धाको शव राजमार्गको कल्भर्टमुनि बिहीबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा भद्रपुर-४ का ३५ वर्षीय विशाल बिर्जालाई पक्राउ गरेको छ। पक्राउ परेका पुरूष आफैंले वृद्धाको शव भेटिएको खबर प्रहरीलाई दिएका थिए।

बिर्जाले बुधबार राति वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको प्रहरीलाई प्रारम्भिक बयान दिएका छन्।
घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरू गरेको झापा प्रहरीका प्रवक्ता राकेश थापाले बताए।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्