होटलमा करेन्ट लागेर तिनको मृत्यु

पढ्न समय: 1 मिनेट

८ असोज, जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा करेन्ट लागेर एकै परिवारका दुई जनासहित तीन जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय शिवकुमार महतो, उनका श्रीमती र एक कामदार रहेका छन् ।

- Advertisement -
Ad image

महतोले पुर्वेली स्टाफ होटल सञ्चालन गरेका थिए । सोही होटलमा सुतिरहेका महतो, उनका श्रीमती र कामदारको करेन्ट लागेर मृत्यु भएको धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालले जानकारी दिए । मृतक कामदारको पहिचान भएको छैन।

घरमा सुतिरहेका बेला विद्युत सर्ट भएपछि तार जलेर तल खस्दा उनीहरुलाई करेन्ट लागेको प्रहरीको अनुमान छ । विहान ढिलोसम्म होटल नखोलेपछि स्थानीयले गएर हेर्दा मृत भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *