
गौरीगञ्ज , ८ असोज । गौरीगञ्ज ६ खजुरगाछी डहुवाबारीका ८१ वर्षिय जेष्ठ नागरिक भैरब बहादुर कार्की गत बैसाख २४ गते देखि हराई रहेको कुरा परिबारले जनाएको छ । परिवारलाई खबरै नगरि बैसाख २४ गते बिहान घरबाट हिँडेका कार्की दुई दिन पछी आफु बिराटनगरमा रहेको कुरा फोन मार्फत परिवारलाई जानकारी गराएको र त्यसपछी सँपर्क बिहिन भएको कुरा छोरी जीना कार्कीले बताईन् । “पहिला पनि नियमित चेकअपका लागि बिराटनगर नोबेल अस्पताल गई राख्नु हुन्थ्यो त्यसैले यो पाला पनि चेकअप गरेर फर्किनु हुन्छ भन्ने आसमा थियौ तर त्यस पछी फोन पनि लाग्न छोड्यो, धेरै खोजि गरि सक्यौ तर कतै फेला पार्न सकेनौ- छोरी जीनाले बताईन् ।
बिगत चार महिना देखि हराई रहेको बुवाको खोजि गरिदिन परिबारले सबैजना अनुरोध गरेको छ । कार्कीलाई कतै देखिए वा फेला परे ९८१७९३८६०८ वा ९८१३४८१०४१ मा खबर गरिदिन हुन परिबारले अनुरोध गरेको छ ।

