
हातिपाइले रोग बिरुद्ध औषधि सेवन अभियान अन्तर्गत गौरीगञ्ज गाउँपालिकामा एक दिने गाउँपालिका स्तरिय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी सम्पन्न भएको छ । कार्यक्रम गौरीगञ्ज गाउँपालिका को स्वास्थ्य साखाले गरेको थियो । गौरीगञ्ज गाउँपालिकाका प्रमुख बाबुराजा श्रेष्ठको सभापत्तित्वमा कार्यक्रम भएको थियो । कार्यक्रमम कार्यपालिका सदस्यहरु वडाध्यक्ष हरु र स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो ।
हातिपाइले रोगको बारेमा बिभिन्न जानकारी कार्यक्रममा गराईएको थियो । कार्यक्रमलाई कसरी प्रभावकारी बनाउने , सबैलाई औषधी सेवन कसरी गर्ने, हातिपाइले को औषधी सेवनले पार्ने सामान्य असरहरुको बारेमा सहभागीहरुलाई जानकारी गराईएको थियो ।
हात्तिपाइले रोगका बारेमा फैलिएका बिभिन्न नकरात्मक भ्रम चिन्न सिमाजसेवसी, बिभिन्न संघ संस्थाका प्रतिनिधि र पत्रकारहरुको महत्वपुर्ण भूमिका हुने भएकाले यो कार्यक्रम गरिएको स्वास्थ्य शाखाले जनाएको छ । तालिम गौरीगञ्ज गाउँपालिका स्वास्थ्य साखा प्रमुख रामचन्द्र मिश्रले सहजीकरण गरेका थिए भने रोग र औषधि सेवन बारे जिल्ला जनस्वास्थ्य झापाका जीवन चौलागाईले अभिमुखिकरण गरेका थिए ।
क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट मानव शरिरको लिम्फ्याटिक प्रणालीमा असर गरेपछि त्यहाँ अस्वभाबिक बृद्धि हुनु नै हात्तिपाइले रोग लाग्नु हो। यो रोग लागेको ६ देखि १० बर्षपछि मात्रै शरीरको बाहिरी भागमा देखापर्ने भएकाले रोग लाग्नु अघिनै औषधी सेवन गर्नुपर्ने चिकित्सकहरुको सुझाव छ। माघ २५ गतेदेखि झापा लगायत १३ जिल्लाका बिभिन्न बुथमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा हात्तिपाइले विरुद्धको डिइसी र अल्बेन्डाजोल खुवाइदैछ।
२ बर्ष मुनीका केटाकेटी, गर्भवती एवं सात दिनभित्रका सुत्केरी, सिकिस्त बिरामी, क्यान्सर, मुटुरोगी, कलेजोका रोगी, मिर्गौला रोगी, फोक्सोका दीर्घरोगी, छारे रोग लागेका बिरामी र कडाखाले कुपोषणका रोगी बाहेक सबैले हात्तिपाईले निवारणको औषधी सेवन गर्नुपर्ने हात्तिपाइले रोग निवारण कार्यक्रममा उल्लेख गरिएको छ।
औषधी सेवन गर्दा शरीरमा हात्तिपाईलेको जिवाणु भएकालाई सामान्य पेट दुख्ने, वाकवाक लाग्ने, टाउको दुख्ने, शरीर दुख्ने, पखला लाग्ने, अल्छी लाग्ने लगायतका सामान्य असर देखिए पनि एक दिनभित्रै यस्ता असर आफै हराएर जाने शाखाले जनाएको छ।

