
गौरीगञ्ज ८ माघ । सहारा नेपालको गौरीगञ्ज सेवा केन्द्रले आफ्ना कृषक सदस्यहरुका लागि एक दिने कुखुरा पालन सँबन्धी तालिम सम्पन्न गरेको छ । बुधबार गौरीगञ्ज ६ खजुरगाछी स्थित शिवालय मन्दिरको सभाहलमा सम्पन्न तालिममा गौरीगञ्ज सेवा केन्द्र अन्तर्गतका ३२ जना कुखुरा पालक र पाल्न इच्छुक कृषक सदस्यहरुको सहभागिता रहेको थियो ।
तालिममा जैबिक सुरक्षा‚ खोर निर्माण‚ कुखुरामा लाग्ने रोग र रोकथाम तथा उपचार बिषयमा अभिमुखिकरण गरिएको कुरा सँस्थाका पशु प्राबिधिक सँजित यादवले बताए ।
सहारा नेपालका इलाका प्रमुख रामनारायण प्रधान र गौरीगञ्ज सेवा केन्द्र प्रमुख धर्म अधिकारीको उपस्थितीमा भएको तालिममा पशु चिकित्सक डा कमलेश्वर भाट ले सहजिकरण गरेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्

