एनआइसी एसियाको पोस मेसीन सेवा गौरीगञ्जमा

पढ्न समय: 1 मिनेट


गौरीगञ्ज । एनआइसी एसिया बैँकले गौरीगञ्जमा पोस मेसीन सेवा शुरु गरेको छ । पहिलो पटक गौरीगञ्ज ३ स्थित ओजस्वी ट्रेडर्स मा पोस मेसीन राखेर सेवा शुरु गरिएको कुरा एनआइसी एसियाका गौरीगञ्ज शाखा प्रमुख श्याम निरौलाले जानकारी दिएका छन् ।
पोोस मेसीन (प्वाइन्ट अफ सेल) भिजा कार्डबाट रकम भुक्तानी गर्ने प्रणाली हो । ओजस्वी ट्रेडर्समा किनमेल गर्न आउने जो कोहिले पनि अब पैसा बोकि रहनु पर्दैन निरौलाले भने — नेपाल तथा भारतका कुनै पनि बैँकका भिजा कार्ड यस मेसिनमा हालेर सजिलै सँग भुक्तानी गर्न सकिन्छ । उनले यो सेवा चाँडै नै गौरीगञ्जका अन्य ठुला र प्रतिष्ठीत ब्यावशायीक प्रतिष्ठानहरुबाट पनि शुरु गर्ने कुरा बताएका छन् ।
ओजस्वी ट्रेडर्सका सञ्चालक नारायण सेढाइका अनुसार यस सेवा मार्फल पसलमा भुक्तानी गर्दा कुनै थप शुल्क नकाटिने बताए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *