‘साग’मा नेपाली फुटबल टिम फेरी चेम्पियन

पढ्न समय: 1 मिनेट

दक्षिण एसियाली खेलकुद (साग) फुटबलमा नेपाल फेरि च्याम्पियन बनेको छ।

मंगलबार दशरथ रंगशालामा भएको भुटानविरूद्धको खेलमा नेपालले २–१ को जित निकाल्दै स्वर्ण जितेको हो। नेपालका लागि खेलको १७ ‍औं मिनेटमा अभिषेक रिजालले सिक्सयार्ड बक्सभित्र मौका पाएपछि दाहिने खुट्टाले गोल हानेका थिए।

- Advertisement -
Ad image

कप्तान तथा स्ट्राइकर घाइते भएर मैदान बाहिर निस्कनेबित्तिकै विंगर रिजालले नेपाललाई अग्रता दिलाएका थिए। खेलको ३७ औं मिनेटमा भुटानी कप्तान चेन्चो ग्याल्सेनले गोल फर्काएर बराबरीमा ल्याए।

खेलको ५४ औं मिनेटमा सुनिल बलले हेडिङबाट गोल थपे। सुनिलको गोल नै खेलका लागि अन्तिम गोल रह्यो। 

तीन वर्षअघि भारतमा भएको सागमा नेपालले आयोजक भारतलाई हराएर स्वर्ण जितेको थियो। आज भएको खेलमा स्वर्ण जितेसँगै नेपालले पाकिस्तानसँगको रेकर्ड बराबर गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *