
गौरीगञ्ज २४ मँसिर । झापाको गौरीगञ्ज वडा नँ ३ स्थित गौरी सहकारी सँस्थाको ३६ औ साधारण सभा मँगलबार सम्पन्न भएको छ । सँस्थाका अध्यक्ष बिश्वराज रिजालको सभापतित्व मा गौरीगञ्ज आधारभुत बिद्यालयको हलमा सम्पन्न भएको साधारण सभामा सेयर सदसयहरुले सँस्था प्रगति गर्न नसकेको प्रति प्रश्न उठाएका थिए । अध्यक्ष रिजालद्वारा प्रस्तुत सँस्थाको बार्षिक प्रतिबेदन माथि बन्दसत्रमा छलफल गर्दै साधारण सभाले बैठकमा उपस्थित नहुने सँचालक सदस्यहरुलाइ हटाइ बहुमतले नयाँ सदस्य समेत चयन गरेका छन् ।




सँचालक समितीको बैठकमा उपस्थित नहुने सदस्य हरि मण्डललाइ हटाइ साधारण सभाले धर्मेन्द्र गिरी र पर्वत राजवँशीलाइ सँचालक समितीमा चयन गरेको कुरा अध्यक्ष रिजालले बताएका छन् । सहकारी ऐन २०७४ को मर्म अनुरुप सरकारी सेवामा रहेका सदस्यहरु सँचालक समितीमा बस्न नपाउने नियम अनुसार समितीबाट सँचालक सदस्य राजकुमार ठाकुर र अजय साहले स्वत स्फुर्त रुपमा राजिनामा दिएका थिए । लेखा समितीमा अजय साहको ठाउमा सेयर सदस्य राजेन्द्र राइलाइ चयन गरिएको छ ।
त्यसै गरि अध्यक्ष द्वारा प्रस्तुत प्रतिबेदनमा उल्लेख भएको सहकारीलाइ मर्ज गर्ने बुँदामा छलफल गर्दै सभाले ६ महिना सम्म सहकारीलाइ यथास्थानमा राखि प्रत्येक सेयर सदस्यहरुबाट सेयर रकम बृद्धि गरि सँस्थालाइ नाफामुखि बनाउन प्रयास गर्ने समेत निर्णय गरेको छ । छ महिना सम्म पनि सेयर पुँजि बृद्धी नभए सँस्था मर्जमा जाने निर्णय भएको कुरा अध्यक्ष रिजालले बताए ।
गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठको प्रमुख आतिथ्यतासा सम्पन्न भएको सभामा अधिकाँश बक्ताहरुले गौरी सहकारी गौरीगञ्जको एक एतिहासिक सँस्था भएकाले अरु सहकारीमा मर्ज भएर अस्तित्व मेटाउन नहुने कुरा बताएका थिए ।
सँस्थाले साधारण सभाकै अबसरमा सँस्थालाइ जिबित राख्न भुमिका खेलेका पाँच जना जेष्ठ सेयर सदस्यहरु कल्याण प्रसाद कोइराला ज्ञानबहादुर कार्की उदयलाल यादब पर्वतलाल राजवँशी र बसन्त रायालाइ टोपी र दोसल्ला ओढाएर सम्मानित समेत गरेको छ ।

