३ पुस, काठमाडौं । सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरीका थप ११४ बोर्डर आउटपोष्ट (बीओपी) स्थापना गर्ने भएको छ ।
मन्त्रिपरिषदको सोमबारको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले अब नेपाल भारत र नेपाल चीन दुवैतिरका सीमा क्षेत्रमा २२१ वटा बीओपी रहने बताए ।
यसअघि सशस्त्र प्रहरीका १०७ वटा बिओपी थिए । सीमा क्षेत्रको अपराध नियन्त्रण र सीमा सुरक्षासहितलाई ध्यानमा राखेर राज्यको बलियो उपस्थिति सीमा क्षेत्रमा गराउन खोजिएको बास्कोटाले बताए ।
प्रतिक्रिया लेख्नुहोस्

