
३ पुस झापा । शिक्षक सेवा पास गरि आएका २८ जना स्थायी शिक्षकलाइ गौरीगञ्ज गाउँपालिकाका बिभिन्न बिद्यालयहरुमा रिक्त रहेको स्थानमा पदस्थापन गरिएको छ ।
मँसिर ३० गते गौरीगञ्ज गाउँपालिका शिक्षा शाखाले प्राथमित तहमा शिक्षकहरुको पदस्थापन गरेको हो शिक्षा बिकास तथा समन्वय इकाइ कार्यालयको मँसिर २३ गतेको निर्णय अनुसार पदस्थापन गरिएको हो ।
गौरीगञ्ज गाउँपालिका शिक्षा शाखाले दिएको जानकारी अनुसार समन्वय इकाइ कार्यालयबाट सिफारिस भइ आएका २८ जना शिक्षक मध्ये इन्द्रवती राजवँशीलाइ गेउरिया प्राबिमा हरिबहादुर कार्कीलाइ बालकल्याण माबिमा जगदिस सिँह ताजपुरियालाइ आदर्श माबिमा खेमराज ताजपुरियालाइ सरस्वती प्राबिमा अञ्जु कुमारी यादवलाइ भगवती प्राबिमा दिलकुमारी राजवँशीलाइ गौरीगञ्ज माबिमा रञ्जिता कुमारी साहलाइ गौरीगञ्ज माबिमा बलबहादुर बस्नेतलाक्ष राष्ट्रिय प्राबिमा उमेश बस्नेतलाइ खजुरगाछी माबिमा गोबिन्द चौधरीलाइ रामजानकी प्राबिमा मोहन पोख्रेललाइ शिशुकल्याण प्राबिमा भवानी रेग्मीलाइ गौरीगञ्ज माबिमा प्रदिप खरेललाइ गौरीगञ्ज माबिमा मीनबहादुर कुमाइलाइ गौरी प्राबिमा बिष्णु प्र निरौलालाइ खजुरगाछी माबिमा लिलम बहादुर बस्नेतलाइ आदर्श माबिमा दिनेश कुमार खवासलाइ रामजानकी प्राबिमा खेमबहादुर पराजुलीलाइ बगुवा प्राबिमा चिदानन्द चौधरीलाइ जनता प्राबिमा इन्द्र प्रसाद यादबलाइ गौरीगञ्ज माबिमा फुल प्रसाद राजवँशीलाइ रामजानकी प्राबिमा सन्तोष श्रेष्ठलाइ इन्द्रेणी प्राबिमा मित्रदेब खवासलाइ राष्ट्रिय प्राबिमा राजेन्द्र खनाललाइ सरस्वती प्राबिमा महेश कुमार माझीलाइ जनकल्याण प्राबिमा अमित कुमार माझीलाइ शिशुकल्याण प्राबिमा राजदेब कुमार यादबलाइ गौरीगञ्ज माबिमा र प्रभास ताजपुरियालाइ गौरीषञ्ज माबिमा पदस्थापन गरिएको कुरा शिक्षा समिती सँयोजक तथा गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापाले जानकारी दिएका छन् ।


