सरोकारवालाहरु सँग अपाँगता ऐन निती सँबन्धी अभिमुखिकरण

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज २६ मँसिर । अपाँगता सहयोग समितीको आयोजनामा गौरीगञ्ज गाउँपालिकामा सरोकारवाला हरुसँग अपाँगता ऐन र निती सँबन्धी एक दिने अभिमुखिकरण तालिम सङ्ग्पनन भएको छ । कार्यक्रममा अपाँगता सँबन्धी ऐन निती नियम तथा अपाँगता भएका ब्यक्तीहरुलाइ प्रदान गरिने परिचय पत्र सेवा सुविधा तथा सो को चुनौती सँबन्धी सरोकारवालाहरु सँग छलफल गरिएको थियो ।
गाउँपालिका उप प्रमुख दिपेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न अभिमुखिकरणमा अपाँगता सहयोग समिती गौरीगञ्जका अध्यक्ष शेरमान बुढाथोकीले सभापतित्व गरेका थिए भने अपाँगता सहयोग समिती प्रदेश नँ १ का सदस्य मदन बोहरा तथा कुमार चुँडालले कार्यक्रममा सहजीकरण गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *