प्याब्सन गौरादहको २ दिबसीय गायन तथा नृत्य प्रतियोगिता शुरु

पढ्न समय: 1 मिनेट

निजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन झापाको बार्षिक कार्यक्रम अन्तरगत प्याब्सन गौरादह नगर समितिले दुई दिवसीय नगर स्तरिय गायन तथा नृत्य प्रतियोगिता शुक्रबार बाट सुरु भएको छ ।

गौरादह–१ मा रहेको गोल्डेन सनराइज सेकेण्डरी स्कुल को व्यावस्थापनमा कार्यक्रम भएको स्कुलका निर्देशक गणेश श्रेष्ठले जानकारी दिए । पहिलो दिन प्रा.वि तर्फ आधुनिक नृत्य र नि.मा.वि तर्फ राष्ट्रिय नृत्य प्रतियोगिता गरिएको छ। कार्यक्रमको उद्घाटन संविधानसभा सदस्य दिपक कार्कीले गरेका थिए। कार्यक्रममा बोल्दै कार्कीले सानासाना नानीमा लुकेका प्रतिभालाई यस्था कार्यक्रमले बाहिर ल्याउने बताउदै गौरादहमा मात्र नभई गौरादहको नाम नेपाल भर फैलाउन यस्था कार्यक्रम ले मदत गर्ने बताए । कार्यक्रम मा गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारी वडा नम्बर ७ का अध्यक्ष बलराम खरेल प्याब्सन झापाका निबर्तमान उपाध्यक्ष श्रवण पोखरेल लगायत को उपस्थिति रहेको थियो। प्याब्सन नगर अध्यक्ष भवानी पाठकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव गंगाराम दुलालले गरेको पुर्व बिद्यार्थी समाज गोल्डेन सनराइजका संयोजक निगेश श्रेष्ठले जानकारी दिए

- Advertisement -
Ad image

सनिवार मा.वि तहमा लोक नृत्य र जुनियर गायन तथा सिनियर प्रतियोगिता हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *