पालिका सहकारी समन्वय समिती द्वारा प्रमुख प्रसाशकीय अधिकृत दाहालको स्वागत

पढ्न समय: 1 मिनेट

गौरीगञ्ज २६ मँसिर । गौरीगञ्जका सहकारी सँस्थाहरुको छाता सँगठन पालिका सहकारी समन्वय समितीले गौरीगञ्ज गाउँपालिकाका नव आगन्तुक प्रमुख प्रसाशकीय अधिकृत प्रविण दाहालको स्वागत गरेको छ । गौरीगञ्ज ६ खजुरगाछी स्थित आठमौजा सहकारीको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि दाहालको स्वागत गरिएको हो ।
कार्यक्रममा गौरीगञ्ज गाउँपालिका भित्र सञ्चालित करिव २५ वटा सहकारीका सञ्चालक समिती पदाधिकारी कर्मचारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो । समितीका अध्यक्ष कर्मा शेर्पाको सभापतित्वमा आयोजित स्वागत कार्यक्रममा अध्यक्ष शेर्पाले गौरीगञ्जमा सञ्चालित सहकारीहरुको बिबरण र गतिबिधि सहितको कार्यपत्र प्रस्तुत गरेका थिए भने सो कार्यपत्र प्रमुख प्रसाशकीय अधिकृत दाहाललाइ हस्तान्तरण समेत गरिएको थियो ।


कार्यक्रममा जिल्ला सहकारी सँघ झापाका सदस्य अर्जुन दँगालले सहकारी र गाउँपालिकाको सहकार्यमा गर्न सकिने सामाजिक कार्य तथा गतिबिधिहरु बारे प्रकाश पारेका थिए ।
प्रमुख अतिथीको आसनबाट बोल्दै प्रमुख प्रसाशकीय अधिकृत दाहालले आफ्नोट कार्यकालमा गौरीगञ्ज क्षेत्रमा सञ्चालित सहकारीहरुका मागहरुलाइ समेटेर अघि बढ्ने कुरा बताएका थिए । उनले सहकारी ऐन २०७४ अनुसार सहकारी बोर्ड गठन गर्न आफ्नो महत्वपुर्ण भुमिका रहने कुरा समेत बताएका थिए ।
कार्यक्रममा समितीका सह सँयोजक डिक कुमारी अधिकारीले स्वागत मन्तब्य राखेका थिए भने बिभिन्न सहकारीहरु बाट उपस्थित भएका पदाधिकारी कर्मचारी एवम् सदस्यहरुले अधिकृत दाहाललाइ मायाको चिनो प्रदान गरेका थिए ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *