गौरीगञ्ज । नेपाली पाश्वर्य गीत सँगितका चर्चित गायक सत्यराज आचार्यको नयाँ म्युजिक भिडियोमा झापाली मोडेल स्मृती ओली देखिने भएकि छन् । उनिसँग मोडेल प्रबिण बराल अन स्क्रीन देखा पर्नेछन् ।
डा धर्मराज उपाध्यायको शब्दमा रहेको मधुर मिलन बोलको गीतमा सागर अधिकारीको सँगित रहेको छ भने म्युजिक भिडियोलाइ प्राहिल कार्कीलेले निर्देशन गरेका छन् । बिनय तामाङ्को सिनेमाटोग्राफी रहेको सो म्युजिकमा अञ्जली कँडेलको सह निर्देशन रहेको छ । सुटिङ् कार्य सम्पन्न भएको सो म्युजिक भिडियो चाँडैनै बजारमा आउने भएको छ ।
सुटिङ्का क्रममा खिचिएका मोडेल स्मृती ओलीका यि तस्विरहरु उनकै फेसबुक वालबाट साभार गरिएका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्









