डोल्पा जीप दुर्घटना बिर्सन नपाउदै कर्णालीमा फेरी जीप खस्यो : १५ बेपत्ता

पढ्न समय: 1 मिनेट

सुर्खेत – कर्णाली नदीमा जीप खस्दा १५ जना वेपत्ता भएका छन्।  हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित कर्णाली नदीमा यात्रुबहाक जीप दुर्घटना भएको हो। सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार जीपमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाही हमालसहित १५ जना भन्दाबढी सवार थिए।

सहायक प्रजिअ पोखरेलले  खार्पु मन्दिरबाट गाउँपालिकाको सदरमुकाम जाँदै गरेको लु १ क ७१६६ नम्वरको बोलेरो जीप बेलरुख नजिकैबाट १२ः४५ बजे कर्णाली नदीमा खसेको बताए।नदीमा खसेको  जीपको खोजी भइरहेको छ।

- Advertisement -
Ad image

उद्दारका लगि सदरमुका सिमीकोटबाट पाँच वटा हेलिकोप्टरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई घटनास्थलमा पठाइएको छ। थप जानकारी आउन बाँकी छ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
टिप्पणी छोड्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *