सक्कियो गौरीगञ्जको चौथो गाउँ सभा कुन वडा लाइ कति बजेट हेर्नुहोस

पढ्न समय: 3 मिनेट

गौरीगञ्ज । ५ साउन । गौरीगञ्ज गाउँपालिकाको चौथो गाउँसभाको समापन पनि गुपचुप रुपमै सम्पन्न भएको छ । शनिबार लगभग ५२ करोडको पुर्ण बजेट पास गर्दै गाउँपालिकाको चौथो गाउँसभा समापन भएको हो यद्यपी गाउँपालिकाले पुर्ण बजेट सार्वजनिक गरेको छैन । गौरीगञ्जन गाउँपालिकाले चौथो गाउँसभाका निर्णयहरु साउनको दोश्रो साताको अन्त्य तिर सार्वजनिक गर्ने तयारी गरेको कुरा नाम न छाप्ने सर्तमा श्रोतले बताएको छ ।
गौरीगञ्ज दर्पणलाइ प्राप्त जानकारी अनुसार चौथँ गाउँसभाले सबै भन्दा धेरै वडा नँ १ लाइ बजेट बिनियोजन गरेको छ । वडा नँ १ लाइ ८० लाख रुपैया बिनियोजन गरेको हो त्यसै गरि वडा नँ २ लाइः ७२ लाख रुपैया बिनियोजन गरेको हो । वडा नँ ३ र ६ लाइ ६४ — ६४ लाख रुपैया बिनियोजन गरेको हो भने सबै भन्दा थो रै वडा नँ ४ र ५ लाइ रु ६० — ६० लाख रुपैया बिनियोजन गरेको हो ।

गएको आर्थिक बर्षमा कुन कुन वडाले कति योजना सम्पन्न गर्न सकेन भन्नेःकुराको सुचि समेत चौथो गाउँ सभाले तयार पारेको सुचना गौरीगञ्ज दर्पणले फेला पारेको छ । सो सुचि अनुसार योजना सम्पन्न गर्न नसक्ने सुचिमा वडा नँ ३ अग्र स्थानमा देखा परेको छ । सुचि अनुसार गएको आबमा वडा नँ ३ ले सबै भन्दा धेरै १३ योजना सम्पन्न गर्न सकेनन् । यद्यपी वडा नँ ३ का वडाध्यक्ष मखना महतोले केहि दिन अघि एक सञ्चार माध्यमलाइ आफुले वडा नँ ३ लाइ नमुना वडाको रुपमा बिकास गर्न चाहेको कुरा बताएका थिए । त्यसै गरि वडा नँ ५ ले ९ वटा योजना समपन्न गर्न सकेनन् भने वडा नँ ६ ले ८ वटा र वडा नँ ४ ले ५ वटा योजना तथा वडा नँ १ र २ ले ३ — ३ वटा योजना सम्पन्न गर्न नसकेको देखाइएको छ । हेर्नुहोस लिस्ट —

- Advertisement -
Ad image

त्यसैगरि योजना सम्जन्न भइसकेर पनि फरफारक दिन नसकेको वडाको लिस्टमा समेत वडा नँ ३ अग्र सथानमा छ । वडा नँ ३ मा सम्पनुन भइ सकेर पनि फरफारक गर्न बाकी सबै भन्दा धेरै ७ योजना छन् । त्यसै गरि वडा नँ २ ले ४ वटा योजन फरफारक गरेका छैनन् भने वडा नँ १‚ ४‚ ५ र ६ मा २ — २ वटा योजना फरफारक गर्न बाकी रहेको देखिन्छ ।
चौथो गाउँसभामा गौरीगञ्ज गाउँपालिकाका का कुन वडामा के के योजना परेका छन् त्यसबारे हामी भोली अपड्ट गराउनेछौ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्
1 Comment
  • Ward 3 has to make maximum use of the budget and attain all the plans for the growth of developmental works

Leave a Reply

Your email address will not be published. Required fields are marked *