गौरीगञ्ज । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बुधबार गौरीगञ्जको वडा नँ ३ मा वडा स्तरिय समिती गठन भएको छ । कार्यक्रमको बिधान अनुसार वडा नँ ३ का वडाध्यक्ष मखना महतो सँयोजक रहने गरि २२ सदस्यीय समिती गठन भएको हो ।
समितीका सदस्यहरुमा वडा कार्यालयका तर्फबाट सरिता शेर्पा हेमा आचार्य सोमनी देवी पासवान र भवेश दास रहेका छन् भने प्रहरीका तर्फबाट सँजीव कार्की र बिकाश ठाकुर रहेका छन् ।
अन्य सदस्यहरुमा जानुका न्यौपाने गोपाल राजवँशी महेन्द्र न्यौपाने देवीमाया खतिवडा उमेश भारती सीता पोख्रेल बिनोद यादव देवी थापा राजेन्द्र राइ पाण्डव झा शोभीनाथ राजवँशी हिराकाजी गीरी बिष्णु फुयाल नीलम काफ्ले र सुनिता पासवान रहेका छन् ।
त्यसै गरि सोमनी देवी पासवानको सँयोजकत्वमा टोल समिती समेत गठन भएको छ । जसको सदस्यहरुमा इन्द्रमान परियार भक्ती तिम्सीना कुसुम पौडेल लक्ष्मी कार्की र बिकास ठाकुर रहेका छन् ।


